Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – नेपाली बजारमा बुधबार डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ । बुधबार १ डलरको नेपाली बजारभाउ १ सय १४ रुपैयाँ २४ पैसा पुगेको छ । यसअघि गएको १४ गते डलरको भाउ १ सय १३ रुपैयाँ २५ पैसा पुगेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेको र डलरको तुलनामा भारतीय मुद्रा निक्कै कमजोर भएकाले नेपाली बजारमा पनि डलरको भाउ बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ  । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको मूल्य, खरिद दर १ सय १४ रुपैयाँ २४ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ८४ पैसा तोकेको छ । यो सन् २००० यताकै सबैभन्दा उच्च हो ।

सन् २००० को जनवरी १ मा एक अमेरिकी डलरको मूल्य ६८.४ रुपैयाँ थियो । अमेरिकी अर्थतन्त्र  मजबुत बन्दै गएकाले पनि डलर महंगो हुँदै गएको बैंकले जनाएको छ । डलर महंगो हुँदा पेट्रोलियम पदार्थ र डलरमा विद्युत खरिद सम्झौता भएका जलविद्युत आयोजनाको रकम भुक्तानीमा असर पर्छ ।

तपाईको प्रतिक्रिया