आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं –  पछिल्लो समय विवादित बनिरहेको चलचित्र ‘कथा काठमाण्डु’को ट्रेलर सार्वजनिक भएको छ ।

केही समयअघि चलचित्रको एकगीत सार्वजनिक भएसँगै विवादमा आएको यो सिनेमाको ट्रेलर आइतबार राजधानीमा आयोजित एक कार्यक्रम बिच रिलिज गरिएको थियो । सार्वजनिक ट्रेलरमा काठमाडौँ भित्र घटिरहेका तीन पात्रको कुरालाई उठाइएको छ ।

संगीता श्रेष्ठको निर्देशन र लेखनमा बनेको चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज, प्रमोद अग्रहरी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको मुख्य भूमिका रहेको छ । आहाना फिल्मस्को प्रस्तुति रहेको चलचित्रलाई विजय राईले निर्माण गरेका हुन् ।

चलचित्रमा लुजा सिंहको छायाङ्कन रहेको छ । यो चलचित्र आउँदा असोज १२ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ ।

तपाईको प्रतिक्रिया