काठमाडाैं – विश्वव्यापी ब्राण्ड एप्पलको एक चालकविहीन कार दुर्घटनामा परेको छ । अमेरिकी राज्य क्लालिफोर्नियाको बाटोमा यात्रु बोकेको कार दुर्घटनामा परेको हो ।
कारमा केही क्षति पुगेपनि यात्रुलाई कुनै किसिमको चोट नलागेको बीबीसीले जनाएको छ । चालकविहीन कार आइफोन उत्पादक एप्पलको महत्वकाँक्षी योजना थियो। सेन्सर जडित कार गत २४ अगष्टमा दुर्घटनामा परेपनि एप्पले त्यसबारे केही प्रतिक्रिया जनाएको छैन ।
टेक्नोलोजिमा नयाँ फड्को मार्न एप्पलले चालकविहीन कारको अवधारणा ल्याएको बुझिएको छ । एप्पलसँग अहिले ६६ त्यस्ता कार भएको बुझिएको छ । जसलाई नियन्त्रण गर्न १ सय ११ ड्राइभर खटाइने भएको छ । यद्यपि जानकारहरु रिमोट सिस्टमबाट चल्ने उक्त कार व्यस्त सडकका लागि उपयुक्त नुहने बताउँछन् ।