आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – पछिल्लो समयका व्यस्त अनि दर्शकले रुचाएका मोडल तथा कोरियोग्राफर अनुराग ठकुरीको अभिनय रहेको गीत “ढाँट्यो मायाले” बोलको गीत बजारमा आएको छ । जुन गीतले बजारमा आएको छोटो समयमा नै दर्शकको मन जित्न सफल भएको छ ।

बिभोर पोखरेलको निर्देशन रहेको भिडियोमा ठकुरीसँगै मोडल तथा डान्सर बबिता श्रेष्ठ लाई फिचर गरिएको छ। दीपक शर्माको शब्द तथा संगीतमा रहेको गीतमा गायिका सहिमा श्रेष्ठ र गायक सन्तोष बश्यालाको आवाज रहेको छ।

म्युजिक भिडियो निर्देशक तथा मोडल अनुराग ठकुरीले यस अघि आफ्नै निर्देशनमा दर्जनौ म्युजिक भिडियोहरुमा अभिनय पनि गरिसकेका छन् भने यो उनको अभिनय रहेको अर्को म्युजिक भिडियो हो जस्लाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन।

बबिताले यस अघि पनि थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन्। गीतलाई हईलाईट्स नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

तपाईको प्रतिक्रिया