आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – चलचित्र ‘चौका दाउ’को पहिलो गीत सार्वजनिक भएको छ । ‘राधा पियारी’ बोलको गीत शुक्रवार राजधानीमा एक विशेष कार्यक्रम गरी सार्वजनिक गरिएको हो ।

सार्वजनिक राधा पियारी गीतमा शम्भुजित बास्कोटा र कोमल राजभण्डारीको स्वर रहेको छ भने सङ्गीत शम्भुजित बास्कोटाको र शब्द श्रीपुरुष ढकाल र दयाराम पाण्डेको रहेको छ । गीतलाई भिमफेदी गाइजले कोरियोग्राफी गरेका हुन् ।

गीतमा चलचित्रका कलाकारहरू सन्तोष पन्त, तइयब शाह, विल्सन विक्रम राई, रविन्द्र झा, वर्षा राउत, निर्मल गुरुङ लगायतका कलाकारहरू फिचर छन् । सुर्याजित बास्कोटा र मनोज राजभण्डारीको लगानीमा निर्माण भएको चलचित्र चौका दाउलाई पुणेन्दु झाले निर्देशन गरेका हुन् ।

तपाईको प्रतिक्रिया