Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट चान ओ चाबीच अाज द्वीपक्षीय भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन साइडलाइनमा दुई प्रधानमन्त्रीबीच भेटवार्ता भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिनुभयाे ।

भेटवार्ताका क्रममा थाइल्याण्डका प्रधानमन्त्री चान ओ चाले नेपाललाई १५ लाख डलर (करिव १६ करोड ८० लाख रुपैयाँ) बराबरको औषधी तथा मेडिकल उपकरण हस्तान्तरण गर्ने प्रतिवद्धता जनाउनुभयाे । थाइल्याण्डका प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीलाई सो सहायता सम्बन्धी अाज प्रतीकात्मक सामाग्री हस्तान्तरण गर्नुभयो । थाइल्याण्डले सो सहायता नेपालाई छिट्टै हस्तान्तरण गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया