सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – सामाजिक सञ्जाल गुगल, फेसबुक र ट्विटरमाथि अमेरिकी प्रशासनले नयाँ नियम लागु गर्ने तयारी गरेको छ ।

डाटा चुहावट र विज्ञापनका आधारमा समाचार भ्रामक समाचार प्रकाशित गरेको आरोप लाग्दै आएका सामाजिक सञ्जाल माथि कडाई गर्ने ट्रम्प सरकारले तयारी गरेको हो । सामाजिक सञ्जालले पुर्वाग्रह सहित समस्याग्रस्त क्षेत्रमा रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाउनुभएको छ ।

ट्रम्प समाचार भनेर गुगलमा खोजी गर्दा निस्कने नतिजाका विषयमा गुगलले पक्षपात गरेको आरोप लगाएका राष्ट्रपतिले होशियार हुन चेतावनी दिनुभएको हो । ह्वाईट हाउसमा भएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले सर्च ईन्जिन गुगलले प्रयोगकर्ताको फाईदा उठाईरहेको आरोप लगाउनुभयो ।

गुगलले आफ्नो संस्था कुनै पनि राजनीतिक विचारको पक्षमा नरहनुका साथै कुनै एजेण्डा नबोकेको स्पष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया