Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडाैं – वैज्ञानिकहरुले चन्द्रमामा आइसका टुक्राहरु फेला पारेका छन् । चन्द्रमाको ध्रुवीय क्षेत्रमा पर्ने अध्याँरो र चिसो ठाउँहरुमा जमेको पानी फेला परेको नासाले जनाएको छ ।  भारतले १० वर्षअघि प्रक्षेपण गरेको चन्द्रयान-१ नामक अन्तरीक्षयानबाट प्राप्त डाटाबाट चन्द्रमामा आइसका टुक्राहरु पाइएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

टुक्राको रुपमा फैलिएका ती आइस प्राचिन हुनसक्ने नासाले जनाएको छ । चन्द्रमाको दक्षिणी ध्रुवको लुनर क्रेटरमा थुप्रिएको र उत्तरी ध्रुवमा छरिएर रहेको अवस्थामा आईसका टुक्राहरु रहेका छन् । हुवाई एण्ड ब्रोन विश्विद्यालयका वैज्ञानिक सौ लि र नासाको एम्स रिर्सज सेन्टरका वैज्ञानिक रिचार्ड इल्फिक नेतृत्वको टोलीले चन्द्रमा आइसको टुक्रा रहेको पत्ता लगाएका हुन् । चन्द्रयान-१ मा प्रयोग गरिएको नासाको मुन मिनेरोलोजी म्यापर(एम-३) उपकरणको मद्दतबाट चन्द्रमाको सतहमा भएको वाटर आइस पत्ता लागेको हो ।

भेटिएका वाटर आइसहरु ध्रुव्रीय क्षेत्रमा रहेका क्रेटर्सको छायाँमा पाइएको नासाले जनाएको छ । उक्त क्षेत्रको तापक्रम माइनस १ सय ५६ डिग्रीभन्दा कहिल्यै माथि नजाने नासाद्वारा जारी विज्ञाप्तिमा उल्लेख  छ। आफ्नो अक्षमा घुम्ने क्रममा चन्द्रमा धेरै थोरै डल्कने गर्दा उक्त क्षेत्रमा सूर्यको किरणहरु नपुगेको नासाले जनाएको छ ।

अनुसन्धानको विस्तृत रिर्पोट प्रोसिडिङ्स अफ द नेसनल एकेडेमी अफ साइन्समा प्रकाशित भएको थियो।

तपाईको प्रतिक्रिया