सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – अस्ट्रेलियामा प्रस्ताव गरिएको एक विधेयकले नागरिकलाई व्यक्तिगत डाटा राज्यसमक्ष बुझाउनका लागि कठोर प्रावधान राखेको छ । अब फोनको पासवर्ड प्रहरीलाई नबुझाएमा १० वर्षसम्मको सजाय हुन सक्नेछ ।

अस्ट्रेलियामा कुनै गम्भीर अपराधको सिलसिलामा प्रहरी अनुसन्धानकर्ताहरूलाई व्यक्तिगत डाटा नदिएमा अहिले पनि दुई वर्षसम्मको कारावास सजायको व्यवस्था छ । तर नयाँ असिस्टेन्स एन्ड एक्सेस बिलले यो सजायलाई बढाएर १० वर्षको कारावास बनाइएको हो ।

अहिले यो विधेयक सार्वजनिक परामर्शका लागि जनतासमक्ष लगिएको छ र विधेयकमा यसै वर्षको अन्त्यसम्ममा मत दिइनेछ । आतंकवादीहरूको व्यक्तिगत डाटा अनुसन्धानका क्रममा आवश्यक हुनाले यो कानून ल्याउन लागिएको अस्ट्रेलियाको गृह मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया