सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडौं – फ्राइडे रिलिज अन्तरगत आज (शुक्रबार) ‘मिस्टर भर्जिन’, ‘जय शम्भु’, ‘ब्ल्याक’ र ‘बाह्रमासे’ प्रदर्शनमा आएका छन् । चलचित्र मिस्टर भर्जिनलाई बिसारत बस्नेतले निर्देशन गरेका हुन् । यो चलचित्रले यौन मनोबिज्ञानको कथा भन्ने प्रयास गरेको छ ।

चलचित्रमा गौरव पहारी, मरिष्का पोखरेल, बिजय बराल, कमलमणि नेपाल, रविन्द्र झा, भोला राज सापकोटालगायतका कलाकारको अभिनय छ ।

चलचित्र ‘जय शम्भु’ प्रदर्शनमा आएको छ । रुपेश तामाङले निर्देशन गरेको चलचित्रमा प्रशान्त ताम्राकार, अनुप विक्रम शाही र वर्षा शिवाकोटीको मुख्य भूमिका छ भने साथमा  रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्टलगायतका कलाकारहरुको अभिनय छ ।

प्रदीप श्रेष्ठले निर्देशन गरेकोचलचित्र ‘ब्ल्याक’ पनि आजैबाट  प्रदर्शनमा आएको छ । आकाश श्रेष्ठ र आँचल शर्मा चलचित्रका मुख्य कलाकार हुन् । आकाश र आँचलको साथमा आयुष रिजाल, सुशील क्षेत्री, धिरेन शाक्य, प्रिया रिजालको पनि अभिनय रहेको छ ।

कमेडी जनराको चलचित्र ‘बाह्रमासे’ पनि आजबाट रिलिज भएको छ । लय संग्रौलाले निर्देशन गरेको चलचित्रमा जय किसन बस्नेत, पूजना प्रधान, मरिचमान श्रेष्ठ, पुरन थापा, प्रदीप पाठक, सोनिका बाँस्तोलालगायतका कलाकारको अभिनय छ ।

तपाईको प्रतिक्रिया