सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडौं – प्रियंकाको इन्गेजमेन्टको क्रममा सबै परिवारका साथ धेरै समय बिताउन नपाएका कारण निक तथा उनको परिवार भारत आएर प्रियंकाको परिवारसँग समय बिताउन चाहन्छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार यही अगष्ट १८ तारिखमा प्रियंका चोपडाले इन्गेजमेन्टको खुशियालीमा भब्य पार्टीको आयोजना गर्न लागेकी छिन् ।

यही पार्टीमा प्रियंका र निकका परिवारले उनीहरुको विवाहको घोषणा गर्न सक्ने अनुमान गरिएको छ । केही दिन अगाडि अभिनेत्री रविना टण्डनले निकले प्रियंकालाई इन्गेजमेन्टमा लगाइदिएको औंठी सहितको फोटो शेयर गरेकी थिइन् ।

उक्त औंठीको मुल्य २ करोड रुपैयाँ बराबरको रहेको बताइएको छ ।

प्रियंका भारतीय परम्परा अनुसार नै विवाह गर्न चाहान्छिन् । सबैकुरा योजना अनुरुप भएमा प्रियंका छिट्टै नै निक जोनसकीे बेहुली बन्नेछिन् । केही दिन अघि निकले प्रियंकाका साथ परिवार बसाल्न चाहेको कुरा पनि बताएका थिए ।

जुन कुराबाट प्रष्ट हुन्छ कि निक र प्रियंका विवाहकोे तयारीमा जुटीसकेका छन् ।

तपाईको प्रतिक्रिया