Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडाैं –  इन्टरनेटका लागि हामीले प्रयोग गर्दै आएको वाईफाईको सिग्नल सुरक्षा जाँचका लागि पनि प्रयोग गर्न सकिने भएको छ । सार्वजनिक स्थलमा घातक हातहतियार तथा विष्फोटक पदार्थको जानकारी अब वाईफाईबाट थाहा पाइने एक अनुसन्धानले देखाएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अमेरिकाको न्यू जर्सीस्थित रुटगर्स विश्वविद्यालयमा भएको अनुसन्धानबाट वाइरलेस सिग्नलको प्रयोग गरेर विष्फोटक तथा हातहतियारको जानकारी पाउन सकिने निष्कर्श निकालिएकाे हाे । वाइरलेस सिग्नललाई ब्यागमा प्रवेश गराएर धातु, तरल पदार्थको आयतन नाप्न सकिने अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् । उक्त परीक्षण ९५ प्रतिशतले सफल भएको देखिएको छ ।

कम खर्चमै विमानस्थल जस्ता महत्वपूर्ण स्थलहरुको सुरक्षा जाँचका लागि यसको प्रयोग गर्न सकिने अनुसन्धानकर्ताहरुले बताए । अनुसन्धानकर्ताहरुले १५ वटा बस्तु र ६ वटा ब्यागमा उक्त परीक्षण गरेका थिए । त्यस क्रममा वाइफाई सिग्नलले घातक वस्तु पहिचान गर्न ९९ प्रतिशत सफल भएको र धातु र तरल पदार्थको पहिचानका क्रममा क्रमश: ९८ र ९५ प्रतिशत सफल देखिएको थियो ।

एउटा वाइफाई डिभाससहित दुईदेखि तीन वटा एन्टिना वाइफाई नेटवर्कसँग जडान गरेर यसको प्रयोग गर्न सकिने अनुसन्धानकर्ताहरुको सुझाव दिएका छन् । यसका लागि ट्रान्समिटिङ र रिसिभिङ एन्टिनाबाट आएको सिग्नलबाट वस्तु पहिचान गर्न सकिन्छ । यसको प्रयोग संग्राहलय, रंगशाला, विद्यालय, पार्क तथा संवेदशील स्थलहरुमा प्रयोग गर्न सकिनेछ । –बीबीसी

तपाईको प्रतिक्रिया