Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आगामी कार्यकालको महासचिव पदमा गणेश घिमिरेले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । घिमिरेले ‘अनेसास’ केन्द्रीय कार्यसमिति (२०१८-२०२०) का लागि महासचिवमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

साहित्यिक संस्था ‘अनेसास’ प्रबासमा रहेर नेपाली भाषा, साहित्य, कला र सस्कृतिको क्षेत्रमा काम गर्ने ठूलो संस्था हो । घिमिरेले संस्था भित्रको नराम्रो प्रवृतीको विरुद्ध आफ्नो उम्मेदवारी रहेको बताउनु भएको छ । राम्रो कामलाई राम्रो भन्न नसक्ने र नकारात्मक कुरा गरेर संस्थालाई बदनाम गर्ने प्रवृतीका विरुद्ध आफ्नो उम्मेदवारी रहेको उहाँको दावी छ । पर्थ च्याप्टरको संस्थापक अध्यक्ष तथा ‘अनेसास’ वर्तमान कार्यसमितिको सचिवको हैसियतमा काम गरिसकेको स्मरण गराउँदै उहाँले संस्थालाई जीवन्त राख्न पनि महासचिवमा उम्मेदवारी घोषणा गरिएको बताउँनुभयो ।

‘अनेसास’लाई अझ व्यवस्थित र संस्थाको उद्देश्य बमोजमको प्रभावकारी रुपमा बिकास गर्न आफू लागि परेको घिमिरेको भनाई छ । साथै सम्पर्क कार्यालय र च्याप्टरबीचको बलियो सम्बन्ध, संस्थाको विस्तार तथा नीतीगत रुपमा देखिएका समस्याको समाधानका लागि पनि आफ्नो प्रयास रहने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

यसअघि एनआरएनए अस्ट्रेलिया भाषा साहित्यको संयोजक भएर काम गरिसकेको साथै अहिले एनआरएनए आईसिसी भाषा साहित्य उपसमितिको सदस्यको रुपमा काम गरिरहेकाले पनि एनआरएनए लगायत अन्य संघ-संस्थासँग सहकार्य गर्दै काम गर्न सजिलो हुने घिमिरेको विश्वास छ । आफू सदैव संस्थाप्रति उत्तरदायी रहने भन्दै उहाँले ‘अनेसास’ केन्द्रीय कार्यसमिति (२०१८-२०२०) का लागि महासचिवमा काम गर्ने अवसर दिन आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया