Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडाैं – पछिल्लो २ वर्षमा फेसबुक साइटमा सक्रिय हुने प्रयोगकर्ताको संख्या झण्डै आधाले घटेको एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार प्रतिस्पर्धी सोसल प्लाटर्फम युट्युबप्रति युवापुस्ताको मोह बढ्दै जाँदा फेसबुकप्रतिको मोह भने घटिरहेको देखिएको हाे ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पछिल्लो दुई वर्षको अवधिमा मासिक फेसबुक वेबपेज भिजिट संख्या उल्लेख्य रुपमा घटेको छ । दुईवर्षअघि मासिक फेसबुक वेजपेज भिजिट ८ अर्ब ५० करोड रहेकोमा अहिले त्यो संख्या ४ अर्ब ७० करोडमा झरेको छ । मोबाइल एपमार्फत फेसबुक चलाउने प्रयोगकर्ताको संख्या निरन्तर रुपमा बढिरहेको भएपनि यसले फेसबुकका कूल सक्रिय प्रयोगकर्ताको संख्यामा भैरहेको गिरावट थाम्न सकेको छैन । बेलायतको मार्केट रिसर्च र्फम सिमिलर वेबले अमेरिकाका टप फाइभ साइटहरुको ट्राफिक अध्ययन गरी यस्तो निष्कर्ष निकालेको हो ।

कम्पनीले गुगल, फेसबुक, युट्युब, याहु र अमेजनको अध्ययन गरेको थियो । अध्ययनको क्रममा अनलाइन प्रयोगको बदलिँदो आकारका साथै ब्राउजिङका पछिल्ला प्रवृत्तिहरु केलाइएको थियो । अध्ययन अनुसार गुगलले अहिलेपनि इन्टरनेट ट्राफिकको क्षेत्रमा ठूलो अन्तरसहितको अग्रता कायम गरिरहेको छ । खासगरी सर्च इन्जिनको क्षेत्रमा यसको प्रभुत्वमाथि अरुले खासै चुनौति दिन सकेका छैनन् । शोधकर्ताहरुका अनुसार फेसबुकको अवस्था भने सन्तोषजनक छैन ।

प्रयोगकर्ताहरु फेसबुकप्रति कममात्रै केन्द्रित हुन थालेका छन् । नियमित रुपमा फेसबुक वेबसाइट चलाउनेको संख्या झण्डै आधाले घटेको छ । तथापि फेसबुक एप तथा इन्स्टाग्राम र मेसेन्जर प्रयोगकर्ताको संख्या भने बढेको छ । त्यस्तै युट्युबको ट्राफिक र दर्शकको संख्या पनि ह्वात्तै बढेेको छ । पछिल्लो समय युट्युव युवापुस्ताको लागि मनोरञ्जन र सूचनाको प्रमुख श्रोत बन्दै गएको छ । –जेन्सी

तपाईको प्रतिक्रिया