Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको पार्थिव शरीर श्रद्धाञ्जलीको लागि काठमाडौंको मण्डिखाटारमा रहेको घरमा राखिएको छ ।

दाहालकी श्रीमती सुदा र आमाले सेतो कपडा ओढाएपछि उहाँकाे शव श्रद्धाञ्जलीको लागि राखिएको हो । श्रद्धाञ्जलीको लागि दुई घण्टा घरमा राखेपछि दाहालको इच्छा अनुसार नै दिउँसो १२ बजे उहाँको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जलाई हस्तान्तरण गर्ने तयारी छ ।

यस्तै श्रद्धाञ्जलीमा राखिएकाे दाहालको शवमा अबिर र फूलमाला नचढाउन पनि आफन्तले आग्रह गरेका छन् । दाहालको इच्छा अनुसार नै फूलमाला नचढाउन आग्रह गरेको उनीहरुले बताएका छन् ।

गएको बुधबार बिहान खाना खाएर धारामा थाल राखेर फर्कने क्रममा उहाँ लड्नुभएको थियो । लडेपछि उहाँको टाउको रगत जमेको थियो । दुवै मृगौला खराब भएका दाहाल यज्ञनिधिले डायलाइसिस गरिरहेका कारण उहाँको मष्तिस्कको शल्यक्रिया गर्न सकिएको थिएन ।

दुई दिन काठमाडाैंको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गरेपछि उहाँलाई हिजो ललितपुरको सुमेरु अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा उहाँको सुमेरु अस्पतालमा हिजो निधन भएको हाे । ***

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया