Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – वैदेशिक रोजगारमा जानेको संख्या घटे पनि ठगीमा परेको भन्दै उजुरी गर्नेको संख्या भने बढेको छ । वैदेशिक रोजगार विभागमा गत आर्थिक वर्षसम्म डेढ अर्ब रुपैयाँ बराबरको ठगी भएको भन्दै दुई हजार बढी उजुरी परेको हो ।

विभागमा परेका संस्थागत र व्यक्तिगत गरी २ हजार १२९ वटा उजुरीमा १ अर्ब ५२ करोड रुपैयाँ ठगी भएको दावी गरिएको छ । विभागमा जेठसम्म कुल १ हजार ९५६ उजुरी परेकोमा असार महिनामा मात्रै १७३ उजुरी थपिएका छन् । विभागका अनुसार गत आवसम्म ठग्नेहरुबाट २० करोड रुपैयाँ बराबरको विगो रकम भराइएको छ । विभागमा पर्ने उजुरीमध्ये संस्थागतभन्दा व्यक्तिगत तर्फको धेरै छ। कुल १ हजार १०९ वटा व्यक्तिगत उजुरी दायर भएकोमा १०२० वटा संस्थागत छन् ।

विभागबाट छिनाफानो हुन नसकेका उजुरीहरु अदालतसम्म जाने गरेका छन् । उजुरी बढ्दै जाँदा वैदेशिक रोजगारमा जानेको संख्या भने घट्दै गएको छ । गत आर्थिक वर्षमा कुल ३ लाख ५४ हजार ८२ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । जवकि अघिल्लो वर्षको सोही अवधिमा ३ लाख ८३ हजार ४९३ ले यस्तो स्वीकृति लिएका थिए ।

तपाईको प्रतिक्रिया