Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं – रसुवाको गोसाईकुण्ड गाउँपालिका-२, टिमुरेमा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई प्रतिनिधिसभाका सदस्य मोहन आचार्यले आर्थिक सहयोग गर्नुभएको छ । सांसद आचार्यले शुक्रबार पार्टी जिल्ला कमिटिमार्फत पहिरोमा परि ज्यान गुमाएका तीन परिवारलाई व्यक्तिगत रुपमा आर्थिक सहयोग गर्नुभएको हाे ।

उहाँले मृतकका परिवारलाई जनही ६६ हजार ६ सय ६६ रुपैयाँका दरले २ लाख रकम आर्थिक सहयोग गरेको प्रदेशसभा सांसद प्रभात लामाले बताउनुभयाे । पहिरोमा जिल्लाको गोसाईकुण्ड गाउँपालिका-१, थुमनका ४५ वर्षीय मिङमार गोम्बो तामाङ, वडा नम्बर २ टिमुरेका ४७ वर्षीय दोर्जेवाङजु घले र उनकी श्रीमती ३७ वर्षीय कार्साङ किमो घलेसहित ९ जनको मृत्युको भएको थियो ।

त्यस्तै नेपाली कांग्रेस प्रदेश ३ को संसदीय दलको तर्फबाट समेत पहिरोमा परी ज्यान गुमाएका ९ परिवारलाई जनही १० हजार रुपैयाँका दरले ९० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको प्रदेशसभाका सांसद लामाले जानकारी दिनुभयाे । उहाँले प्रदेश सरकारको विपद व्यवस्थापन कोषमार्फत थप सहयोगका लागि पहल गर्ने समेत बताउनुभयाे ।

प्रदेश सांसद लामाका अनुसार प्रदेशप्रमुख अनुराधा कोइरालाले पनि एक सन्देश जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै विपदमा परेकाका लागि राहतको व्यवस्था गर्ने बताउनु भएकाे छ । बुधबार मध्यरात अविरल वर्षासँगै गएको पहिरोमा परि रसुवा, नुवाकोट र सिन्धुपाल्चोकका गरि ९ जनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया