Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे दुई किलो सुनसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् । थाई एयरलाइन्सको विमानबाट बैंकक हुँदै काठमाडौं आउँदै गरेका २ जना भारतीय नागरिकको साथबाट २ किलो ५ सय ७० ग्राम भन्सार छलीको सुन बरामद भएको विमानस्थल प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताउनुभयाे ।

एसपी मैनालीका अनुसार दिउँसो थाई एयलाइन्सको टिजी ३१९ फ्लाइटमार्फत् काठमाडौं आएका भारतीय नागरिक इमरान र अरिफ अलीको साथबाट उक्त सुन बरामद भएको हो । मलद्वारमुनि लुकाएर अरिफ अलीले १६७८ ग्राम र इमरानको साथबाट ९ सय ९२ ग्राम सुन बरामद भएको एसपी मैनालीले बताउनुभयाे ।

पक्राउ परेका भारतीय नागरिकलाई विमानस्थल भन्सारमा बुझाइएको विमानस्थल प्रहरीले जनाएको छ । उनीहरूबाट बरामद भएको भन्सार छलीको सुन १ करोड ३० लाख २ सय २० रकम हुन आउने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया