Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – साहित्यकारद्वय रामकुमार पाँडे र प्रकाश पौडेल ‘माइला’को संयुक्त हाइकुसङ्ग्रह ‘हजार हाइकु’ पुस्तक सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच उक्त पुस्तक विमोचन गरिएको हो । उक्त हाइकु संग्रहलाई वरिष्ठ गीतकार रत्नशमशेर थापा,  प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल, दामोदर पुडासैनी र महेश पौडेल सार्वजनिक गर्नुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बिमोचित पुस्तक माथि समिक्षा गर्दै समालोचक महेश पौडेलले ‘हजार हाइकु’ हाइकु मात्र नभई हाइकुको इतिहास र संरचनाको जानकारी समेत भएको बताउनुभयो । यस्तै समिक्षक दामोदर पुडासैनीले उक्त हाइकु सङ्ग्रह हाइकु प्रेमी तथा लेख्न र सिक्न चाहनेहरूको लागि पनि विशेष पढ्नैपर्ने पुस्तक भएको बताउनुभयो । वरिष्ठ समालोचक प्रा. डा. खगेन्द्रप्रसाद लुइटेलले दूई लेखकहरू हाइकुको राम्रो संरचना र मर्म बुझेका लेखक भएको र यो कृति आफैमा उत्कृष्ट र राम्रो संकलन भएको बताउनुभयो । कार्यक्रममा बोल्दै गीतकार रत्नसमशेर थापाले यो कृति नेपाली साहित्यको बजारमा हाइकु विधामा एक सशक्त र बलियो कोशेढुङ्गा सावित भएको बताउनुभयो । स्रष्टाहरु प्रकाश पौडेल ‘माइला’ र रामकुमार पाँडेले मन्तव्य राख्दै यो कृति जन्मनुको सन्दर्भबारे बोल्दै कृति भित्रबाट केहि हाइकु बाचन गर्नुभएको थियो । ‘माइला’ विगत १३ वर्षदेखि हाइकुको उदगम थलो जापान मै बसेर हाइकुबारे खोज र अनुसन्धानमा व्यस्त हुनुहुन्छ भने पाँडेले नेपालमा बसेर नेपाली हाइकुलाई नेतृत्त्व प्रदान गर्दै आउनुभएको छ ।

हाइकुको इतिहास, हाइकु संरचना र संयोजनका आधार सहित उत्कृष्ट हजार वटा हाइकु सङ्ग्रहित २ सय ६२ पेज रहेको यस पुस्तक ‘हजार हाइकु’ शिखा बुक्स बाट प्रकाशित र ज्ञानज्योति बुक्स पब्लिकेशनद्वारा वितरित गरिएको छ भने यसको मूल्य ३ सय २५ रुपैयाँ रहेको छ । ***  

तपाईको प्रतिक्रिया