Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौं – युवा निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको ‘औंला–औंलामा अस्ट्रेलिया’ को विमोचन भएको छ ।

शताब्दी पुरुष सत्यमोहन जोशीले कृति विमोचन गर्दै नेपाली निबन्ध र नियात्रामा नयाँघरेले उल्लेखनीय योगदान पुर्याएको चर्चा गर्नु भयो ।जोशीले भन्नुभयो– ‘यो कृतिले अस्ट्रेलियाली आदिवासीबारे निकै राम्रोसँग बताएको छ ।’

समालोचक महेश पौडेलले नियात्रा संग्रहमाथि आफ्नो मन्तव्यमा– ‘नयाँघरेको आफ्नोपन र खुबी यहाँ पोखिएको छ’ भन्नुभयो । पौडेलले भन्नुभयो– ‘नियात्राको विशिष्ट स्वाद र शैली यस कृतिभित्र भेट्न सकिन्छ ।’

साहित्यकार कृष्ण धराबासीले शुभकामना दिँदै भन्नुभयो– ‘नयाँघरे घुमेर लेखिरहने एक जना समर्पित लेखक हुन् ।’ धराबासीले भन्नुभयो– ‘नियात्राको कला र मौलिक शैलीका धनी नयाँघरेको यो कृतिले अस्ट्रेलियालाई नयाँ पाराले व्याख्या र विवेचना गरेको छ ।

’कृतिकार नयाँघरेले आफ्नो मन्तव्यमा नेपाली निबन्ध र नियात्रा लेखन कला जारी राख्ने बताउनु भयो । उहाँले भन्नुभयो– ‘अस्ट्रेलियामा जाने र आउनेहरुको विशेष अनुभूति यहाँ लिपिबद्ध छ ।’

निबन्धकार मणि लोहनी, रत्न पुस्तक भण्डारका प्रबन्धक सुरेश श्रेष्ठ लगायतले मन्तव्य राख्नु भएको सो समारोह निकै भव्य थियो । नयाँघरेका १५ वटा कृतिमा यस अघि ६ वटा नियात्रा कृति आइसकेका छन् ।

तपाईको प्रतिक्रिया