आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

केन्ट, बेलायत – गोर्खा नेपाली समाज लण्डनले आयोजना गरेको ‘भिसी कप’ सम्पन्न भएको छ । १६ जुन २०१८ को दिन बेलायतको फेल्थाम, लण्डनमा ‘भिसी कप’ सकिएको हो ।

विगतको वर्षहरु जस्तै यस वर्ष पनि गोर्खा नेपाली समाज लण्डनले आयोजना गरेको फुटबल खेलमा भेट्रान टिममा ५ टिम, र सुपर भेट्रानमा ६ टिम गरि ११ टिमहरुले भाग लिएका थिए । सुपर भेट्रानमा सबै टिमहरुलाई जितेर ‘एफ्सी केन्ट, गोर्खा भेटरेन’ ले शिल्ड सहित नगद ४ यस पाउण्ड हात पारेको थियो ।

यस्तै धन बहादुर राई बेस्ट प्लेयर र छबिन्द्र चोङ्बाङ टप स्कोरर भएका थिए । उक्त सुपर भेट्रानको रनर अप टिम ‘ईन्टेक ९०’ भएको थियो । भेट्रान तर्फ ईलाम एफ्सीले शिल्ड सहित नगद ६ सय पाउण्ड र धरान समाज ४ सय पाउण्ड पुरस्कार राशि सहित रनर भएको थियो ।

तपाईको प्रतिक्रिया