Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडाैं – ‘दूध हो र हजुर पानीमा कहाँ तर लाग्छ
सन्तको भन्दा अचेल चोरको चाहिँ भर लाग्छ
जब याद आउँछ दुःशासन र द्रौपदीको
शत्रुसँगभन्दा आफन्तसँग बढी डर लाग्छ ।’

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

गीतकार तथा लघुकथाकार सुवासचन्द्र ढुङ्गेलले आफू मुक्तककार पनि रहेको परिचय २५ मुक्तक वाचन गरी दिनुभएको छ । सांस्कृतिक संस्थान र डिएमपिएस पूर्वविद्यार्थी समाज सानोठिमीको आयोजनामा आज यहाँ भएको एकल मुक्तक वाचन र साङ्गीतिक कार्यक्रममा उहाँले मुलुकमा असल नेता नजन्मिएको, देवता र राक्षस गुण भएका छुट्याउन गाह्रो भएको, कालो धनको प्रयोग गर्न पुरस्कारहरु स्थापना गरिएको, युवाहरु विदेशमा रोजगारका लागि बाध्य भएर जानुपरेको जस्ता विषय उठाउनुभएको थियो ।

कार्यक्रममा साहित्यकार चेतन कार्कीले ढुङ्गेलका मुक्तकमा कतैकतै अनुप्रास नमिले जस्तो लागे पनि भावना र संवेगका दृष्टिले सशक्त रहेको बताउनुभयो । साहित्यकार राजेन्द्र थापाले मुक्तक गाह्रो विधा भए पनि यसले लाखौँ मानिसलाई मन्त्रमुग्ध बनाउन सक्ने विचार राख्नुभयो । संस्थानका महाप्रबन्धक राजेश थापाले संस्थाले हरेक महीनाको पहिलो बिहीबार सङ्गीत, दोस्रो बिहीबार काव्य र चौथो बिहीबार गायन कार्यक्रम आयोजना गर्ने गरेको जानकारी दिनुभयो । साहित्यकार प्रकाश सायमीले ढुङ्गेल ३० को दशकमा उदाएका गीतकार भएको बताउनुभयो ।

कार्यक्रममा ढुङ्गेलद्वारा लिखित ‘मेरा यी हातहरुमा तरबार र छुरा नहोस्’, मनविना बाँच्न पाए हुन्थ्यो दुईचार वर्ष, ‘जति पीडा’, ‘चोट के हो’, ‘उसको नजरमा’, ‘जति चोट दिन्छौ’ बोलका गीत मेनुका पौडेल, अधिश्री कसपाल र दिवाकर शर्माले गाउनुभएको थियो ।

‘आजभोलि तँ त साह्रै बेइमान भइस् ऐना
मेरो थिइस् मेरैविरुद्धमा लागिस् ऐना
कति धेरै खुशी थिएँ आफूलाई जवान ठान्दा
सोध्दै नसोधी मेरो उमेर भन्दिइस् ऐना ।’

तपाईको प्रतिक्रिया