आइतबार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

टोकियो – जापानको सत्ताधरी पार्टीका एक सांसद महिलासम्बन्धि दिएको बयानका कारण लैंगिक भेदभावको आरोपमा घेरिएका छन् । महिला सांसदले उनको बयानलाई ‘यौन उत्पीडन’ को संज्ञा दिएका छन् ।

रिपोर्टका अनुसार एलडीपीका सांसद कान्जी कातोले विवाद सुरु भएपछि आफ्नो बयान फिर्ता लिएका छन् । सांसद कातोले ‘जापानका युवा महिलाले धेरै बच्चा जन्माउनुपर्छ नभए उनीहरुलाई राज्यले एक बोझको रुपमा लिनेछ’ भन्ने बयानले विवादको रुप लिएको हो ।

जापानमा गत वर्ष ९ लाख ४१ हजार बच्चाको जन्म भएको थियो । ७२ वर्षीय कातो ६ सन्तानका पिता हुन् । उनले विवाह गर्न नचाहने महिलाको जीवन यस्तो केयर होममा समाप्त हुनेछ जुन अन्य व्यक्तिका सन्तानको करबाट संचालन हुन्छ समेत भनेका थिए ।

थुप्रै महिला सांसदले उनको भाषणमा आपत्ति जनाएका छन् । एक पत्रिकाले महिला सांसदको भनाई उद्धृत गर्दै ‘यो एक प्रकारको यौन उत्पीडनजस्तै हो’ बतायो ।

रिपोर्ट अनुसार सांसद कातोले सुरुमा त आफ्नो बयान फिर्ता लिन अस्विकार गरेका थिए तर पछि उनले भने, ‘यदि मेरो कुराले गलत अर्थ निस्किरहेको छ भने म माफी चाहन्छु ।’

जापानमा गत वर्ष बच्चाको प्रतिशत सय वर्षमा सबैभन्दा कम दर्ता गरिएको थियो । जापानमा करिब १०० वर्ष अघिदेखि यसको रेकर्ड राख्न सुरु गरिएको थियो । सन्तान उत्पादनलाई प्रोत्साहन गर्नका लागि ल्याइएको योजनाले पनि खासै रंग ल्याउन सकेको छैन ।

तपाईको प्रतिक्रिया