Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौंको बत्तीसपुतलीमा शनिवार एक युवकको हत्या भएको छ । मोरङ घर भइ हाल गौशाला बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

शनिवार साँझ धिमालमाथि तीन/चार जनाको समूहले धारिलो हतियार प्रहार गरेको थियो । घटनामा घाइते भएका धिमाललाई प्रहरीले तत्कालै उद्धार गरी सिनामंगलस्थित केएमसी अस्पताल पु-याए पनि उनको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार घटना आपसी विवादकाे कारण हुन सक्छ । घटनाबारे थप अनुसन्धान भइरहेकाे उनले बताए ।

 

तपाईको प्रतिक्रिया