Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – धनगढीमा अवैध धन्दा चलाएको अभियोगमा सुदूरपश्चिम स्पा सेन्टरका सञ्चालकसहितका ६ जनालाई पक्राउ गरिएको छ ।

शनिबार दिउँसो धनगढी उप-महानगरपालिका-४ चौराहामा रहेको सुदूरपश्चिम स्पा सेन्टरमा अनैतिक क्रियाकलाप भईरहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक जनक ढुंगानाको टोलीले छापा हानेको तियो ।

सो क्रममा शङ्कास्पद गतिविधिमा संलग्न ४ युवती र १ जना तथा सञ्चालकलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । युवा-युवती आपत्तिजनक अवस्थामा भेटिएका थिए भने डस्टबिनमा कन्डमहरू फेला पारेको थियो । उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया