Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – आधुनिक समाजमा कम्प्युटर धेरैका लागि अत्यावश्यक भइसकेको छ । कार्यालयहरूमा कम्प्युटर अनिवार्य बनिसकेको छ । कम्प्युटरका माध्यमले विश्वभरिका सूचना आदान–प्रदान गर्न सकिने भएकाले पनि यसको लोकप्रियता बढेको हो । यद्यपि, कम्प्युटरमा विभिन्न समस्या आइरहन्छन् । यसलाई सजगताका साथ सञ्चालन गर्न जरुरी हुन्छ । कम्प्युटर ह्याङ हुने गुनासो पनि धेरैको हुन्छ । कम्प्युटरमा भाइरस लागेमा काममा बाधा उत्पन्न हुन्छ । यसले कैयौँ समस्या निम्त्याउँछ । त्यसैले कम्प्युटरलाई भाइरसबाट जोगाउन यस्ता कार्य गर्न सकिन्छ :

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

भाइरस लागेपछि

  • कम्प्युटरमा भाइरस लाग्यो भने कम्प्युटर बिस्तारै चल्ने, फाइलहरू हराउने, कम्प्युटर आफैँ बन्द हुने, अनावश्यक फाइल बनेर मेमोरी फुल हुने, फाइल नखुल्ने, कम्प्युटरमा अनावश्यक सर्टकट भएर बस्नेजस्ता समस्या देखा पर्छन् ।
  • कम्प्युटरमा रहेको ब्लुटुथ, फाइल सेयरिङ फिचर, वाइफाई आदिबाट भाइरस सर्न सक्छ ।
  • इन्टरनेटबाट अनावश्क सफ्टवेयर डाउनलोड, प्राइभेट सफ्टवेयर कपी, नेटवर्कबाट डाटा एस्चेन्जजस्ता गतिविधि गर्दा कम्प्युटरमा भाइरस लाग्ने सम्भावना बढी हुन्छ ।
  • भाइरसले आक्रमण गरेपछि कम्प्युटरले खुल्नका लागि पनि बढी समय लिने गर्छ ।

कसरी बचाउने ?

  • जथाभावी अनलाइन साइटहरू खोल्दा भाइरस सर्ने सम्भावना हुन्छ । त्यस्तै, अरूको विभिन्न इमेल आफ्नो कम्प्युटरबाट खोल्दा पनि भाइरस सर्ने सम्भावना हुन्छ । त्यसैले पनि जोकोहीले पठाएको इमेल चेक गर्नुहुँदैन ।
  • बजारबाट किनेर ल्याएका गेमका सिडीबाट, इन्टरनेटबाट प्रोगाम डाउनलोड गर्दा, पेनड्राइभ, मेमोरी कार्ड, फ्लपी डिस्कबाट फाइल सार्दा भाइरस सर्ने सम्भावना भएकाले एन्टिभाइरस सफ्टवेयरलाई समय–समयमा अपडेट गराइराख्नुपर्छ । कम्प्युटरमा एन्टिभाइरस नराख्नेजस्तो गल्ती गर्नुहुँदैन ।
  • पेनड्राइभ, सिडीमार्फत कम्प्युटरमा भाइरस लाग्ने भएकाले आफ्नो ल्यापटपमा राखेर खोल्नुपूर्व स्क्यान गर्न बिर्सनु हुँदैन ।
तपाईको प्रतिक्रिया