बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

टोकियो – जापानमा हुने लामो गोल्डेन वीक बिदाको अवसर पारेर टोकियोमा आयोजना गर्ने भनिएको ’हिमेश रेशमिया लाईभ इन टोकियो’ कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।

इण्डियन रक स्टार हिमेश रेशमिया लगायतको टोलीको यही मे ६ तारिखका लागि तय गरिएको कार्यक्रमको तिब्र तयारी भईरहेको भएता पनि प्राविधिक कारणवश हाललाई स्थगित गरिएको आयोजकले जनाएको छ ।

आयोजक सनराईज प्रोडक्सनले छिट्टै नयाँ मिति, समय र स्थान सहितको जानकारी गराउने जनाएको छ । जापानवासी नेपाली र भारतीयहरुलाई लक्षित गरी तय गरिएको कार्यक्रम पूर्व निर्धारित तिथिमितिमा सम्पन्न गर्न नसकिले यसबाट पर्न गएको असुविधाप्रति आयोजकले सम्बन्धित सबै समक्ष क्षमायाचना गरेको छ ।

आयोजकका अनुसार छिट्टै अर्को मिति सार्वजनिक गरिने बताईएको छ । ***

तपाईको प्रतिक्रिया