बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

टोकियो–असाहाय बालबालिका तथा बेसाहारा वृद्धवृद्धाको सहयोगार्थ बागलुङ समाज जापानले नयाँ वर्षको अवसरमा आयोजित ‘सांगीतिक साँझ २०१८’ आईतबार मेगुरो कुमिन सेन्टरमा सम्पन्न भएको छ ।
नेपालबाट आमन्त्रित कलाकारहरु गायक योगेश काजीे र उनीसँगै अर्का गायक दिपक परियारलाई बिशेष कारण भन्दै जापानमा प्रबेश नदिईएता पनि जापानमै रहेका चर्चित गायकहरु रामकृष्ण बम मल्ल, सूर्य खड्का र श्याम शितल श्रेष्ठको प्रस्तुतिमा दर्शकहरु रमेका थिए भने नृत्यमा प्रियंका कार्कीको प्रस्तुतिले माहौल थप रमाइलो बनेको थियो ।
कार्यक्रमका प्रमुख अतिथिको रूपमा रहनु भएका सफल व्यावसायी दिपक सुवेदीले परदेशमा रहेका नेपालीहरूले पवित्र कार्यका लागि आफ्नो आम्दानीको सानो अंश छुट्याएर सहयोग गर्दै आइरहेकाले सो रकमलाई सहि सदुपयोग गर्नका आग्रह गर्नुभएको थियो । उहाँले सबैको दुखसुखमा हरेक नेपाली मनहरुले साथ र सहयोग गरेमा मात्र भावनात्मक एकता हुने बताउनु भयो ।
उहाँले परदेशमा सबैजना मिलेर एक आपसमा भातृत्वको बिकास गर्दै गएमा मात्र जस्तोसुकै समस्या आइ परेपनि सहज रुपमा समाधान गर्न सकिनेमा जोड दिदै  सबै नेपालीहरुले अनुशासित रुपमा जापानको नियमलाई पालना आग्रह गर्नुभयो ।
जापानमा रहेका व्यवसायी, विभिन्न पेशामा कार्यरत नेपाली, विद्यार्थी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनीधि,राजनैतिक संगठनका प्रमुख तथा प्रतिनीधि, पत्रकार लगायतको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष सिद्धार्थ श्रेष्ठ, स्वागत उपाध्यक्ष प्रेमप्रसाद कंडेल संचालन रामकृष्ण बम मल्ल गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया