बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

टोकिया–टोकियोस्थित नेपाली राजदूताबासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले नेपालबाट जापानमा अध्ययनका लागि आएका विद्यार्थीहरुले कामलाई भन्दा अध्ययनका लागि जोड दिन आग्रह गर्नुभएको छ । नेपाल जापान विद्यार्थी समाजको दोश्रो वार्षिकोत्सव तथा सांस्कृतिक धमाका २०१८ मा प्रमुख अतिथिको रुपमा रहनु भएका अर्यालले जापानमा नेपाली नागरिकहरु विभिन्न पेशा, व्यवसाय कामका लागि तथा अध्ययनका लागि रहेकाले यहाँ सिकेको सिप र कार्यलाई नेपालमा व्यवहारिक रुपमा प्रयोग गर्नका लागि समेत आग्रह गर्नुभयो । उपनियोग प्रमुख्र अर्यालले जापानमा अध्ययनका लागि आउने विद्यार्थीहरुले कामलाई भन्दा पनि अध्ययन र यहाँको प्रणालीलाई सिक्न सकेमा मात्र उनीहरुको भविष्य उज्वल रहेको बताउनुभयो । नेपाली धेरै नागरिकहरुले रेष्टुरेण्ट लगायतका व्यवसायमा लाग्नु खुशीको कुरा भएपनि त्यहाँ कार्य गर्ने नेपालीलाई नै राम्रो सेवा र सुविधा नदिनु दुखद् पक्ष भएकोले त्यसो नगर्न आग्रह समेत गर्नुभयो । समाजले दोश्रो वार्षिकोत्सवको अवसरमा प्रकाशन गरेको ‘विद्यार्थी डायरी–२’को समेत विमोचन गरिएको थियो । कार्यक्रममा सांस्कृतिक धमाका अन्तर्गत कलाकारहरू युवराज आचार्य ,रामकृष्ण बम मल्ल ,सूर्य खड्का, सोना केसीसंगै हास्यकलाकार कुमार श्रेष्ठ’फर्सीलाल’को प्रस्तुति रहेको थियो । जापानमा पहिलो पटक सुरु गरिएको जापानी भाषा निबन्ध लेखन प्रतियोगिताको नतिजाको समेत घोषणा गरी पुरस्कार वितरण गरिएकाे थियाे । निबन्ध प्रतिगोतामा उत्कृषट हुने  गौरी उप्रेती ,दिपक जोशी ,सुनिल पौडेल पुरस्कृत गरिएकाे थियाे । साथै     विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा डा.विजय ज्ञवाली ,डा.होम बहादुर रिजाल ,संस्थापक अध्यक्ष सन्तोष चोखाल , पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले, गैरआवासीय नेपाली संघ जापानका उपाध्यक्ष शिवप्रसाद पौडेल, विभिन्न राजनीति संघ संगठनका  प्रतिनिधिहरू, जापानमा रहेका विभिन्न संघसंस्थाका  प्रतिनिधिकाे उपस्थिति रहेकाे थियाे ।  कार्यक्रम समाजका अध्यक्ष चेतन पौडेलको अध्यक्षता र राजन गाैतमकाे संचालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया