Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – भारतको कोलकातास्थित बन्दरगाहबाट पाँच दिनअघि हिँडेको मालबाहक रेल विराटनगरको सीमानजिक बथनाहा स्टेशनसम्म आज आइपुगेको छ । तेस्रो मुलुकबाट आयातीत सामानका ५८ कन्टेनर लिएर मालवाहक रेल कोलकाताबाट बुधबार हिँडेको थियो ।

अब विराटनगर नाका पनि भारतीय रेलवे सञ्जालमा जोडिएको भन्दै उद्योगी-व्यवसायीले खुसी व्यक्त गरेका छन् । यो अवसरले वैदेशिक व्यापार सहज हुने उनीहरुको भनाइ छ । रेलमा ढुवानी गरिएको सामान अब कम समयमै नेपाली आयात कर्ताको उद्योग र प्रतिष्ठानसम्म पुर्‍याउन सजिलो भएको छ । यसअघि भारतीय साना ढुवानीका साधनमार्फत् औद्योगिक कच्चापदार्थ र ट्रेडिङका सामान ल्याउने गरिएकामा अब सिधै रेलमार्फत् आउने बाटो खुलेको छ ।

कोलकाता बन्दरगाहबाट यसअघि यस्तो कार्गो रेल वीरगन्ज नाकासम्म आउने गरेको थियो । हाललाई परीक्षणका रुपमा यो सेवा सुरु गरिएको हो । सेवा नियमित भएपछि तेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चापदार्थ तथा ट्रेडिङका सामान अब रेलमार्फत् सिधै नेपाली सीमा नजिक आइपुग्ने छ । तत्कालका लागि बथनाहासम्म सामान आउने छ । मोरङको बुधनगरमा निर्माणाधीन एकीकृत भन्सार पोष्ट पूर्ण रुपमा तयार भएपछि रेल नेपाली भूमि प्रवेश गरेर त्यही स्थानसम्म सामान ल्याउने छ ।

यो सुविधाले नेपाली उद्योगी-व्यवसायीलाई ठूलो राहत पुग्ने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अविनाश बोहोराले बताउनुभयो । विराटनगर रेल सञ्जालमा जोडिनु व्यापार प्रवद्र्धनका लागि सकारात्मक कुरा भएको उल्लेख गर्दै मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले अब सामान ढुवानीमा हुँदै आएको झन्झटबाट मुक्ति मिल्नुका साथै ढुवानी लागत पनि कम पर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया