Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – नेपाली नागरिक, फर्म तथा संस्थाले राष्ट्र बैंकको पूर्व स्वीकृति लिई विदेशमा रहेका आफ्ना नातेदार, अन्य व्यक्ति, गैरआवासीय नेपाली वा संघसंस्थाबाट अमेरिकी डलर पाँच लाखसम्म ऋण लिन सक्ने भएका छन् । गभर्नर डा चिरञ्जीवी नेपालले भारतको हकमा पाँच करोड भारतीय रुपैयाँसम्म ऋण लिनसक्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

विदेशी मुद्रा विदेशस्थित बैंकमा लगानी गर्दा पूर्ण तरल सरकारी सुरक्षणपत्रमा पाँच वर्षसम्मका लागि लगानी गर्नसक्ने व्यवस्था वारे जानकारी दिँदै उहाँले वणिज्य बैंकले विदेशी बैंक तथा वित्तीय संस्थाबाट आफ्नो प्राथमिक पूँजीको २५ प्रतिशतसम्म परिवत्र्य विदेशी मुद्रामा ऋण लिन सक्ने व्यवस्था गरिएको बताउनुभयो ।

चालु आवको चैत मसान्तसम्ममा चलनचल्तीमा रहेको नोट चार खर्ब ७४ अर्ब ९५ करोड पुगेको उल्लेख गर्दै उहाँले ७७ वटा नोट कोषमा रु ५२ अर्ब रकम मौज्दात रहेको जानकारी दिनुभयो । गभर्नर डा नेपालले मुलुकभर नेपाली नोटको व्यवस्था गर्ने प्रयोजनका लागि कम्तीमा एक खर्ब ३१ अर्ब ५६ करोड बराबरको ७८ करोड ७६ लाख थान नयाँ नोट बैंकमा भित्रिएको जानकारी दिनुभयो ।

संघीयता कार्यान्वयनको सिलसिलामा गठन भएका कूल ७५३ स्थानीय तहमध्ये ३९४ मा वाणिज्य बैंकको उपस्थिति रहेको उल्लेख गर्दै उहाँले बाँकी तहमा यसै आर्थिक वर्षभित्र शाखा स्थापना हुने योजना रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया