Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – हेटौँडाका जितबहादुर नेगी ७१ वर्षका भए । पछिल्लो तीन महिनाको बीचमा उनलाई घाँटी दुख्ने समस्या भयो । निको हुने आसमा फार्मेसीबाट औषधि ल्याएर खान थाले । क्रमिक रूपमा उनको बोली सुक्दै जान थाल्यो । विभिन्न स्वास्थ्य संस्था र अस्पतालमा परीक्षण गरे, तर कुनै समस्या फेला नपरेपछि नेगी नेपाल मेडिकल कलेज पुगे । स्वास्थ्य परीक्षणपछि उनलाई कडा रोग लागेको पुष्टि भयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

‘चिकित्सकले स्वास्थ्य परीक्षण गर्नुभयो, रिपोर्ट आउँदा स्वरयन्त्रको क्यान्सर भएको रहेछ,’ नेगीले भने । धूमपान र मद्यपान सेवन नेगीको दैनिकी थियो । सोही कारण नेगीलाई स्वरयन्त्रको क्यान्सर भएको चिकित्सकको भनाइ छ । ‘सुरुवाती अवस्थामा स्वरयन्त्रको क्यान्सर थिएन, पछिल्ला दिनमा यो बढ्दो अवस्थामा देखिएको छ,’ नेपाल मेडिकल कलेजका नाक कान घाँटीरोग विशेषज्ञ डा. रूपेशराज जोशीले भने । नेगीको नेपाल मेडिकल कलेजमा एक हप्ताअगाडि शल्यक्रिया गरिएको थियो ।

५५ वर्षमाथिकालाई समस्या
चिकित्सकका अनुसार ५५ वर्षमाथिका मानिसमा यस्तो समस्या देखिने गरेको छ । धूमपान तथा मद्यपानको सेवनले क्यान्सर रोग निम्त्याए पनि उमेर बढ्दै जाँदा स्वरयन्त्रको क्यान्सर पनि देखिन थालेको छ । श्वास फेर्ने नलीमा स्वरयन्त्रमाथिको भाग, स्वरयन्त्रको भाग र स्वरयन्त्रको तलपट्टिको भाग गरी तीन भाग हुन्छन् । चिकित्सकका अनुसार स्वरयन्त्रमा क्यान्सर भएमा कुनै वस्तु निल्न कठिन हुने, घाँटीमा केही वस्तु अड्किएको अनुभव हुने, घाँटीबाहिर गाँठा देखापर्ने र सम्बन्धित व्यक्तिको स्वर क्रमिक रूपमा सुक्दै जाने हुन्छ । यस्तो समस्या भएका व्यक्तिलाई कुनै समय श्वासप्रश्वासमा समस्या हुने गर्दछ ।

स्वरयन्त्रको क्यान्सर उपचार
चिकित्सकका अनुसार स्वरयन्त्रको क्यान्सरको उपचार निकै जटिल हुन्छ । अन्य क्यान्सरको उपचारसरह रेडियोथेरापी, केमोथेरापी भए पनि रुद्रघन्टीमा हुने समस्याले यो उपचार निकै जटिल हुन्छ । घाँटीको छेउमा सानो प्वाल पारेर बिरामीले सास फेर्ने वातावरण बनाइन्छ । शल्यक्रियापछि पनि यस्ता बिरामी बढी जोखिममा पर्छन् । नाकबाट श्वासप्रश्वास प्रक्रिया नहुने भएपछि घाँटीमा प्वाल पारेर सास फेर्ने बनाइने चिकित्सकको भनाइ छ । तर, यसबाट फोक्सोको संक्रमण हुने सम्भावना धेरै हुन्छ ।

यस्तो छ अवस्था
सन् २०१० देखि २०१३ सम्मको अध्ययनका क्रममा नेपालमा स्वरयन्त्रको क्यान्सर तेस्रो नम्बरमा रहेको छ । नेपालका ठूला १२ अस्पतालबाट संकलन गरिएको तथ्यांकअनुसार पुरुषमा ५.४ प्रतिशत अर्थात् सात सय ४१ पुरुष र दुई सय ४३ महिला स्वरयन्त्रको क्यान्सरबाट पीडित छन् । सन् २००५ मा ३.७ प्रतिशतमा रहेको स्वरयन्त्रको क्यान्सर सन् २०१८ मा आइपुग्दा आठ प्रतिशतमा पुगेको डा. शोभा महर्जनले बताइन् । त्यसयता स्वरयन्त्रको क्यान्सरलाई आधार मानेर कुनै अनुसन्धान भएको छैन । विगतको तुलनामा अस्पतालमा स्वरयन्त्र क्यान्सरका बिरामी धेरै आउने गरेको उनले बताइन् ।

चुरोट रक्सीको मिश्रणले स्वरयन्त्रको क्यान्सर
चिकित्सकका अनुसार नेपालमा स्वर यन्त्रको क्यान्सर भएकाको संख्या करिब एक हजार छ । ‘यो अत्यन्तै धेरै संख्या हो,’ नाक कान घाँटीरोग विशेषज्ञ डा. शोभा महर्जनले भनिन्, ‘सन् २००५ मा ३.७ प्रतिशतमा रहेको स्वरयन्त्रको क्यान्सररोगीको संख्या वृद्धि भई करिब ८ प्रतिशत पुगेको छ ।’ चिकित्सकका अनुसार यसको शल्यक्रिया अत्यन्तै जोखिमयुक्त मानिन्छ ।

नेपाल मेडिकल कलेजका नाक कान घाँटी विभागका विभागीय प्रमुख प्रा.डा. अनिलकुमार झाका अनुसार चुरोट, रक्सीको मिश्रणले स्वरयन्त्रको क्यान्सरको जोखिम बढी हुन्छ । यस्ता रोगीको वास्तविक तथ्यांक नभए पनि अस्पतालमा आएका गम्भीर प्रकारका बिरामीको संख्यालाई आधार मानेर प्रतिशत निकालिएको हो । धुवाँ, धुलो र परिवर्तित जीवनशैलीका कारण नेपालमा स्वरयन्त्रको क्यान्सर बढी देखिन थालेको डा. झा बताउँछन् ।

तपाईको प्रतिक्रिया