काठमाडौं – ल्वाङलाई मसलाका साथै माउथ फ्रेशनर औषधीको रुपमा प्रयोग गरिन्छ । ल्वाङको माथिल्लो भाग जसलाई फूल भनिन्छ, त्यसको बहुउपयोगितालाई ध्यानमा राखेर सुकाएर राख्ने चलन छ । आयुर्वेदले यसलाई घाँटी, फोक्सो, दाँत र यौन सम्बन्धि समस्याका लागि प्रयोगमा ल्याउन सकिने बताएको छ ।
भारतका आयुर्वेदिक विज्ञ अबरात मुल्तानीले बान्ता हुने, पेटको समस्या, तनाव, पार्किन्सन, जिउ दुख्नेलगायतका समस्यामा लाभदायक हुने बताएका छन् । आजको समयमा चिन्ता, तनाव र थकानका कारण युवाहरुको यौन जीवन प्रभावित भइरहेको छ जसका कारण थुप्रै प्रकारको समस्या आइरहेको छ । यी समस्याबाट युवालाई ल्वाङको पानीले बचाउन बचाउन सकिन्छ ।
ल्वाङको पानी कसरी बनाउने ?
यसलाई बनाउन निकै सजिलो छ । पाँचवटा ल्वाङलाई एक गिलास तातो पानीमा राती सुत्नु अघि भिजाउनुहोस्, यसको सेवनपूर्व ल्वाङलाई राम्रोसँग निचोरेर छान्नुहोस् ।
कहिले पिउने ?
बिहान उठे यो पानीलाई निकै आरामसँग बिस्तारै पिउनुहोस् ।
यसको कुनै साइड इफेक्ट हुँदैन त्यसैले यसको सेवन तपाईंले सधैं गर्न सक्नुहुन्छ ।
ल्वाङको पानी खानुका फाइदाः
तनावलाई टाढा राख्छ जसका कारण डिप्रेशन र निन्द्राको समस्यामा लाभदायक हुन्छ ।
यसले नशालाई शान्त बनाउँछ त्यसकारण पार्किन्सन्स वा कम्पनको रोगमा निकै फाइदाजनक हुन्छ ।
पाचन क्रियालाई ठिक गर्छ त्यसकारण बान्ता हुने, मर्निङ सिकनेस र मोशन सिकनेसमा फाइदाजनक छ ।
शिघ्रपतनको समस्यालाई यसले ठिक गर्छ ।
घाँटीको समस्याको यो अचूक औषधी हो ।
दाँतमा हुने सिरिङ्ग र पीडालाई यसले ठिक गर्छ । यसले मुखको दुर्गन्धबाट पनि राहत दिलाउँछ ।