Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – शरीरभित्र पिउरिन भन्ने प्रोटिन टुक्रिएर युरिक एसिड उत्पादन हुन्छ । सामान्यतः ३ देखि ७ मिलिग्राम/डेसिलिटरसम्मको युरिक एसिड नर्मल मानिन्छ । जब युरिक एसिडको मात्रा ७ भन्दा बढी हुन्छ, त्यसलाई युरिक एसिड बढेको भनिन्छ । यसरी युरिक एसिड बढेपछि सामान्यतः खुट्टाको बुढीऔँलाको छेउमा अचानक दुख्ने तथा सुन्निने समस्या हुन्छ । राति सुत्ने वेलामा सामान्य अवस्थामा रहेको मानिसको पनि बिहान उठ्दा नाटकीय रूपमा दुख्ने र सुन्निने भई खुट्टा टेक्न गाह्रो हुन्छ । जुनसुकै उमेर समूहका मानिसलाई पनि यस्तो समस्या हुन सक्छ । युरिक एसिडका बिरामीले खानामा विशेष ख्याल पु¥याउनुपर्छ । एजेन्सीको सहयोगमा तयार पारिएको सामग्री :

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

युरिक एसिडका बिरामीले विशेषगरी रेड मिटको सेवन गर्नुहुँदैन । माछा र मासुको प्रयोग पनि निकै कम मात्रामा गर्नुपर्छ ।

चना, भटमास, राज्माजस्ता गेडागुडी सकेसम्म खानुहुँदैन । टुसा उम्रेका गेडागुडी पनि प्रयोग नगर्दा राम्रो ।

अत्यधिक गुलिया फलफूल र परिकार पनि प्रयोग गर्नुहुँदैन । आँप, अंगुर र गुलियो मिठाईले युरिक एसिड बढाउन भूमिका खेल्छ ।

बजारमा उपलब्ध पेयपदार्थको पनि प्रयोग नगर्दा राम्रो हुन्छ । त्यस्ता पेयपदार्थमा चिनीको मात्रा बढी हुन्छ । जसबाट फ्रुक्टोज नमक तत्व पनि हुन्छ । जसले युरिक एसिड बढाउन सहयोग गर्छ ।

अल्कोहलिक पेयपदार्थलाई भने पूर्ण रूपमा निषेध नै गर्नुपर्छ । बियर, ह्विस्की लगायतका पेयपदार्थले भन्दा वाइनले भने कम हानि पुर्याउँछ ।

युरिक एसिडका बिरामीले दुग्धजन्य पदार्थको भने प्रयोग गर्दा हुन्छ । अमिलो कागती, भेनेगर, ग्रिन टी, कफीको पनि प्रयोग गर्दा कुनै फरक पर्दैन । किनभने, यस्ता पदार्थले युरिक एसिड घटाउन सहयोगी भूमिका खेल्छ ।

काउली, ब्रोकाउली, कुरिलो र पालुंगोमा पनि युरिक एसिडको मात्रा बढी हुन्छ । तर, यस्ता तरकारी प्रयोग नै नगर्नेचाहिँ होइन । मात्रा मिलाएर हरियो तरकारी खाँदा हानि पुर्याउँदैन ।

तपाईको प्रतिक्रिया