Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – अस्वस्थकर खाना, जीवनशैली, वातावरण, लगातारको कम्प्युटरमा कामजस्ता गतिविधिले आँखामा विभिन्न समस्या सिर्जना हुन सक्छ । आँखामा बढ्ने प्रेसरका कारण ज्योतिमा समस्या देखिन थाल्छ । यसले डरलाग्दा समस्यासमेत निम्त्याउन सक्छ । यसरी आँखा कमजोर हुँदा चस्माको जरुरत पर्छ ।

यी हुन् चस्मा प्रयोग गर्नुपर्ने अवस्था

–  पढ्दा, टिभी हेर्दा वा लगातार कम्प्युटरमा काम गर्दा टाउको र आँखा दुख्न सक्छ । यस्तो समस्या भएमा तत्काल चिकित्सककहाँ जाँच गर्न पुग्नुपर्छ । यस्तो अवस्थामा चस्माको जरुरत पनि पर्न सक्छ ।
१० कदम टाढा रहेको व्यक्ति तथा वस्तु चिन्न नसक्ने, झुन्ड्याइएका साइनबोर्ड पढ्न नसक्ने समस्या भएमा पनि चस्माको आवश्यकता पर्न सक्छ ।

– कतिपयलाई आँखाबाट पानी बग्ने तथा चिलाउने समस्या हुन सक्छ । नियमित यस्तो समस्या भएमा चस्मा लगाउनुपर्छ ।

– ब्राइट लाइट देख्दा पीडाको अनुभूति भएमा पनि चस्मा प्रयोग गर्नुपर्ने हुन सक्छ ।
कतिपयलाई रातको समय आँखामा थकान महसुस हुने, भारी हुनेजस्ता समस्या निम्तिने गर्छ । यस्तो अवस्थामा आँखालाई चस्माको अवश्यकता परेको हुन सक्छ । त्यसैले चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ
– टाढा वा नजिकका वस्तुलाई डबल देख्न थाल्नुभयो भने पनि बुझ्नुपर्छ कि आँखामा समस्या छ । यो आँखाको दृष्टि कमजोर भएको लक्षण हो । यस्तो अवस्थामा पनि चस्मा लगाउनुपर्ने हुन सक्छ ।
त्यस्तै, अगाडिका स्थिर वस्तु हल्लिएजस्तो देखिनु पनि आँखाको समस्या हो । यस्तो अवस्थामा चस्माको आवश्यकता हुन सक्छ ।
– लाइट तथा कुनै वस्तुलाई नजिकबाट हेर्दा धब्बा देखिएमा पनि सचेत हुन
आवश्यक हुन्छ ।

तपाईको प्रतिक्रिया