शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं – तरकारी भिटामिन, मिनरल्स र शरीरका लागि आवश्यक पौष्टिक तत्वको प्राकृतिक स्रोत हो । तर, केही तरकारी यस्ता हुन्छन् जसले शरीरको तापक्रम बढाउने काम गर्छन् । विशेषगरी, कार्बोहाइड्रेट र प्रोटिन बढी भएको तरकारीमा त्यस्ता त्यस्तो गुण हुन्छ ।

तौल घटाउन चाहानेहरूका लागि भने यस्ता तरकारी फाइदाजनक हुन्छ । तर, गर्मी मौसममा वातावरणका कारण गर्मी बढी हुन्छ र नियन्त्रणमा लिन निकै गाह्रो हुन्छ । त्यसैले गर्मी मौसममा शरीरको तापमान बढाउने तरकारीको प्रयोग गर्नु फाइदाजनक हुँदैन । यस्ता तरकारीले हर्मोनल इन्ब्यालेन्स, धब्बालगायत छालासम्बन्धी कैयौँ समस्या निम्त्याउने गर्छ ।

अदुवा

अदुवामा मानव शरीरलाई गर्मी बनाउने प्राकृतिक गुण हुन्छ । अदुवामा पाइने स्पाइसी फ्लेवरका कारण प्रयोगकर्ताको तापमान बढ्ने गर्छ । त्यसैले गर्मी मौसममा अदुवाबाट बच्न जरुरी हुन्छ । तर, थोरै मात्रा प्रयोग गर्दा भने स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छ । विशेषगरी, गर्मी मौसममा अदुवाको नियमित प्रयोगचाहिँ गर्नुहुँदैन ।

                                                                          खुर्सानी

खुर्सानीमा पनि शरीरको तापक्रम बढाउने गुण हुन्छ । यसले शरीरको सर्कुलेटरी सिस्टमलाई उत्तेजित बनाउँछ । यही कारण शरीरको तापक्रम बढ्न जान्छ । खुर्सानीका प्रजातिमा त मुखको छालालाई नै समस्या पार्ने तत्व हुन्छ । त्यसैले यसको सेवनमा सावधानी अपनाउन जरुरी हुन्छ ।

गाँजर

शरीरलाई उपयोगी गाँजरले गर्मी मौसममा भने समस्या सिर्जना गर्न सक्छ । किनकि, यसले शरीरको तापक्रम बढाउने काम गर्छ । यसको फ्लेबरले शरीरको सर्कुलेटरी सिस्टमलाई स्वस्थ बनाउँछ । परिणामतः शरीरको आन्तरिक तापमान वृद्धि हुन थाल्छ । त्यसैले गर्मी मौसममा गाँजरबाट बच्ने प्रयास गर्नुपर्छ ।

                                                                                                       प्याज

तरकारीलाई स्वादिष्ट बनाउन प्याजको प्रयोग गरिन्छ । प्याज विश्वभरमा प्रचलित तरकारी आइटम हो । यसलाई सलादका रूपमा पनि प्रयोग गर्ने प्रचलन छ । यसका केयौँ फाइदा छन् । तर, गर्मी मौसममा भने यसको प्रयोग हानिकारक साबित हुन सक्छ । किनकि, यसमा पनि गर्मी बढाउने तत्व हुन्छ । यसले यति धेरै गर्मी बढाउँछ कि काटेको प्याजलाई काखीमा च्यापेर राख्दा ज्वरो नै आउँछ । यदि तपाईंमा गर्मीको समस्या छ भने प्याजबाट बच्न जरुरी छ ।

पातदार तरकारी

सलाद, पालक सागजस्ता पातदार तरकारीले शरीरमा कैयौँ फाइदा पु-याउँछ । यो एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ । जसका कारण कैयौँ रोगबाट बच्नसमेत सकिन्छ । तर, यसमा पर्याप्त मात्रामा प्रोटिन पनि हुन्छ, जसले शरीरको तापक्रम बढाउने काम गर्छ । त्यसैले गर्मी मौसममा यसको प्रयोग गर्दा सचेत हुन आवश्यक हुन्छ ।

                                                                                                        लसुन

लसुनले पनि खानालाई स्वादिष्ट बनाउने काम गर्छ । यसले फरक स्वाद दिन सहयोग पु-याउँछ । लसुनमा औषधीय गुणसमेत हुन्छ । तर, यसमा पनि शरीरमा गर्मी बढाउने गुण हुन्छ । गर्मी मौसममा यसको प्रयोगले हर्मोनल इनब्यालेन्स हुने खतरा हुन्छ । त्यसैले प्रयोग त गर्नुस् तर बढी होइन ।

ग्याप बनाउनुस्

गर्मी बढाउने भएकाले गर्मी मौसममा यस्ता तरकारीबाट टाढा रहन त आवश्यक छ । तर, पूर्ण रूपमाचाहिँ होइन । संयमित भएर यस्ता तरकारीको प्रयोग गर्दा भने फाइदा नै पु-याउँछ । त्यसका लागि २–४ दिनको ग्याप बनाएर यसको प्रयोग गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया