Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

भक्तपुर – थोकर फिल्मस् प्रालिले सगरमाथा आरोहण गर्न लागेकी शर्मिला स्याङ्तान तामाङ्गलाई १५ लाख रकम सहयोग गरेको छ । रफत सञ्चार क्लबमा आयोजित कार्यक्रममा फिल्मस् प्रालिका प्रोपाईटर बिकु थोकर र रजतपटका निर्देशक प्रकाश सुवेदीलेले संयुक्त रुपमा तामाङ्गलाई १५ लाख ५ हजार १ सय ५३ रुपैयाँ रकम सहयोग  गर्नुभएको हो ।

सगरमाथा आरोहणका लागि आबश्यक पर्ने रकम संकलन जुटाउनका लागि तीन महिने अभियान नै सञ्चालन गरेको प्रोपाईटर थोकरले बताउनुभयो । आरोहण सहयोगका लागि देश विदेशमा रहेका सबै सहयोगी हातहरुलाई फिल्मस् प्रालिले धन्यवाद समेत दिएको छ । थोकर फिल्मस् प्रालिले यसअघि नै विभिन्न सामाजिक गतिविधिमा सहयोग गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया