Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – पछिल्लो समय निरन्तर रुपमा ओरालो लागेको नेप्से परिसूचक साताको दोस्रो कारोबारका दिन तीव्र उतारचढावका बीच ६ दशमलब ८७ अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार रकममा भने वृद्धि भएको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडको संस्थापक सेयरले कारोबार रकम बढाएको हो । बैंकको संस्थापक सेयरको १२ करोड २९ लाख ४१ हजार ७ सय ६८ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ सय ६९ कम्पनीको ९४ करोड ९६ लाख २९ हजार ३ सय ९ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। जबकि आइतबार ९१ कारोड ७७ लाख ८ हजार ९ सय ५९ रुपैयाँ बराबरको सेयर किनबेच भएका थिए । आज कारोबारमा आएको अन्य बाहेक अरु सबै समूहमा गिरावट आएको छ। अन्य समूह २ दशमलब ९१ अंकले बढेको छ ।

आजको कारोबारमा सर्वाधिक गुमाउनेमा होटल समूह अन्तर्गतका लागनीकर्ता छन् । यो समूहमा ३६ दशमलब ७४ अंकको गिरावट आएको छ। त्यस्तै, बिमा समूह २९ दशमलब ९३ अंकले बढेको छ भने जलविद्युत् समूहमा २८ दशमलब ५८ अंकको गिरावट आएको छ  । आज सिर्जना फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४ रुपैयाँ अर्थात् ९ दशमलब ९६ प्रतिशतले बढेको छ। त्यस्तै, सूर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले प्रतिकित्ता १ सय १७ रुपैयाँ कमाएका छन् ।

यता, आज सर्वाधिक गुमाउनेमा कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ता छन् । बैंकको सेयर मूल्य प्रतिकित्ता १३ रुपैयाँ अर्थात् ९ सय ७७ रुपैयाँले घटेको छ। त्यस्तै, बुटवल पावरका लगानीकर्ताले प्रतिसेयर ३० रुपैयाँ गुमाएका छन् ।

तपाईको प्रतिक्रिया