Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – दुनियाँमा पहिलोपटक मोबाइल फोनमार्फत कल भएको ४५ वर्ष पुगेको छ । आजभन्दा ४५ वर्षअघि अप्रिल ३ का दिन विश्वमा पहिलोपटक मोबाइल कल गरिएको थियो । जुन दिन मोबाइल फोनको इतिहासमा सबैभन्दा महत्वपूर्ण दिनमात्र थिएन, सञ्चार प्रविधिमा क्रान्ति नै सावित भयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मोटोरोला कम्पनीका वैज्ञानिक मार्टिन कूपरले सन् १९७३ अप्रिल ३ मा आफ्ना प्रतिद्वन्दी बेल ल्याब्सका डाक्टर जोएल एस एंगेललाई पहिलोपटक मोबाइल फोनमा कल गरेका थिए । त्योसँगै एंगलले पहिलो फोन पेश गर्ने दौडमा आफ्नो हार स्वीकारे । पहिलोपटक फोन कल गरिएको मोबाइल फोनको नाम मोटोरोला डायनाट्याक हो । यो मोटोरोलाको प्रोटोटाइपमा आधारित पहिलो व्यवसायिक फोन थियो । अहिले हलुका र स्लिम स्मार्टफोनको जमाना छ । तर पहिलोपटक कल गरिएको उक्त मोबाइल फोनको तौल चाहीँ १ किलो १ सय ग्राम थियो ।

यसको मोटाई १३ सेन्टिमिटर हुनुका साथै चौडाई ४.४५ सेमी थियो ।  त्यो एउटा इँटा जस्तै थियो । उक्त फोनमा एक एलइडी डिस्प्ले राखिएको थियो । उक्त मोबाइल फोन पूरा चार्ज हुनका लागि १० घण्टा लाग्दथ्यो भने एकपटक फूल चार्ज भएपछि जम्मा ३० मिनेटसम्म मात्र चलाउन सकिन्थ्यो । तथापि, फोनको ब्याट्री चाहिँ अहिलेका स्मार्टफोन ब्याट्रीको तुलनामा ४/५ गुणा ठूलो  थियो । –एजेन्सीकाे सहयोगमा

तपाईको प्रतिक्रिया