Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – नेपाल इन्स्योरेन्स कम्पनीको शतप्रतिशत हकप्रद सेयरपछिको मूल्य समायोजन भएको छ। कम्पनीको समायोजनपछिको मूल्य नेप्सेले ५ सय ३ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ६ सय ९४ दशमलब २५ रुपैयाँ छ।

नेपाल इन्स्योरेन्स कम्पनीले वैशाख ५ गतेबाट शतप्रतिशत हकप्रद सेयर जारी गर्दै छ। इन्स्योरेन्सले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३० लाख १९ हजार ८ सय ८६ दशमलब १० कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो।

उक्त १ बराबर १ कित्ता अनुपातको हकप्रद सेयरमा चैत २२ गतेसम्म कायम सेयरधनीले जेठ ८ गतेसम्म आवेदन दिन सकिनेछ। हकप्रद सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनआइबीएल एस क्यापिटल लिमिटेड रहेको छ।

इन्स्योरेन्सले यसअघि पारित गरेको शतप्रतिशत हकप्रद सेयर जारीपश्चात् पुनः ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ। कम्पनीको संचालक समितिले शतप्रतिशत हकप्रद र ४ दशमलव ५२ प्रतिशत बोनस सेयरपश्चात् कायम हुने चुक्ता पुँजी ६१ करोड ७६ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ।

तपाईको प्रतिक्रिया