Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि किस्ता लिन पटक पटक म्याद थपे पनि लाभग्राहीमध्ये हालसम्म आधाले पनि दोस्रो किस्ता लिन सकेका छैनन् । कुल ७ लाख ६७ हजार ७ सय ५  लाभग्राही सूचीमा रहेका मध्ये अहिलेसम्म २ लाख ९८ हजार २४ लाभग्राहीले मात्र दोश्रो किस्ता बापतको अनुदान रकम लिएका छन्  ।

प्राधिकरणले पछिल्लो पटक दोसो किस्ता लिन चैतसम्मको समयसीमालाई बढाएर २०७५ असार मसान्तसम्म र २०७५ असारसम्म तेस्रो किस्ता लिइसक्नुपर्ने म्यादलाई २०७५ पुष मसान्तसम्म सारेको छ । तर सो अवधिमा पनि सबै लाभग्राहीले दोश्रो किस्ता लिइसक्नेमा भने आशंका नै छ ।  भूकम्प प्रभावितले अनुदान पाउने प्रक्रियालाई सहजीकरण र सरलीकरण गर्न नसक्दा   र कतिपय झन्झटिला प्रावधानका कारण लाभग्राहीले समयमै दोश्रो किस्ता बापतको अनुदान समयमै नपाएको स्वय सरकारी कर्मचारी स्वीकार्छन् ।

गत चैत २० गते बसेको प्राधिकरणको निर्णायक समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत यही गुनासो सम्बोधनका लागि तत्काल पहल सुरु गर्न निर्देशन समेत दिनुभएको थियो ।  भूकम्प गएको ३ वर्ष पुग्नै लाग्दा  हालसम्म  १ लाख १४ हजार ६९ घरहरु मात्रै   निर्माण सम्पन्न भएको प्राधिकरणको तथ्याङ्क छ । यस्तै ४ लाख ५४ हजार ५६ घरहरु निर्माणको क्रममा रहेका छन् ।

तपाईको प्रतिक्रिया