Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा ढुक्क भएर लगानी गर्न भारतीय व्यवसायीसँग आग्रह गर्नुभएको छ । आफ्नो सरकारले भ्रष्टाचाररहित प्रशासनको कल्पना गरेकोले भारतीय लगानीकर्तालाई नेपालमा कुनै प्रशासनिक झैझमेला नहुने पनि उहाँको दाबी छ । तीनदिने राजकीय भ्रमणमा भारतको राजधानी नयाँ दिल्ली पुगेलगत्तै नेपाल तथा भारतका उद्योगी व्यवसायीको संयुक्त छलफलमा प्रधानमन्त्री ओलीले नेपालले दशकौंपछि स्थिर सरकार पाएको भन्दै यसको लाभ लिन भारतीय व्यवसायीलाई आग्रह गर्नुभयो ।

भारतीय उद्योगी व्यवसायीका कुरा आफूले ध्यानपूर्वक सुनेको भन्दै उहाँले लगानी सुरक्षाको वातावरण तयार गर्न आफ्नो सरकार दृढ रहेको प्रष्ट पार्नुभयो । देशलाई समृद्धितर्फ लैजान आफूलाई जनादेश प्राप्त भएको भन्दै यसका लागि भारतीय निजी क्षेत्रका लागानीकर्तासँग हातेमालो गर्न तम्तयार रहेको प्रधानमन्त्रीको भनाई छ । सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्य रहेकोले भारतीय व्यवसायीले आफ्नो लगानी नेपालमा विस्तार गरेर यसको लाभ लिनसक्ने अवसर रहेको प्रधानमन्त्रीको भनाई छ । संयुक्त छलफलमा भारतीय व्यवसायीले नेपालमा जलविद्युत, नवीकरणीय ऊर्जा तथा कृषि क्षेत्रमा लगानीका लागि वातावरण बनेमा उत्तम हुने बताएका छन् ।

जैविक ऊर्जामा लगानीको अवसर सिर्जना गरेर त्यसको लाभ प्रत्यक्ष रुपले किसानसम्म पुग्ने अवस्था आएमा उनीहरुको जीवनको गुणस्तर बढ्ने भन्दै भारतीय व्यापारीले प्रधानमन्त्री ओलीसँग लगानी सुरक्षाको प्रत्याभूति मागेका छन् । छलफलमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवाणी राणाले ऊर्जा, उद्योग व्यापार तथा सूचनाप्रविधिको क्षेत्रमा भारतीय निजी क्षेत्र लगानी गर्न इच्छुक देखिनु सुखद भएको भन्दै उनीहरुलाई सघाउन नेपालको निजी क्षेत्र एकदमै उत्सुक भएको भनाइ राख्नुभयो । यस्तै उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले भारतीय लगानीकर्तालाई उत्पादनमूलक तथा व्यापार क्षेत्रमा लगानी गर्न नेपालमा ठूलो अवसरले पर्खिरहेको विचार व्यक्त गर्नुभयो ।

दक्षिण एशियामा चीन भन्दा पनि भारतको ठूलो व्यापार सम्भावना नेपालमा रहेको भन्दै उहाँले लगानीको उचित प्रतिफल प्राप्त हुनेमा विश्वस्त रहन आग्रह गर्नुभयो । नेपाल चेम्बर अफ कमर्स अध्यक्ष राजेशकाजी श्रेष्ठले लामो समयपछि नेपालले स्थिर सरकार पाएकाले पर्यटन, जलविद्युत र कृषि क्षेत्र लगानी गरी नेपालको विकास यात्रामा साझेदार बन्न भारतीय उद्योगीलाई आह्वान गर्नुभयो ।

तपाईको प्रतिक्रिया