Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – मोबाइल हाम्रो जीवनशैलीको महत्वपूर्ण पाटो बनिसकेको छ । मानिसका हातमा एउटा होइन, विभिन्न ब्रान्डका २–३ वटा मोबाइल हुन थालेका छन् । तर, हजारौँ मूल्यका यी सामग्री सामान्य कुरामा ख्याल गर्न नसक्दा चाँडै बिग्रन सक्छन् । केही त्यस्ता सामान्य कुरा, जसको ख्याल गर्ने हो भने हाम्रो मोबाइल धेरै वर्ष टिक्न सक्छ :

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

१  स्क्रिन सधैँ सफा गर्नुपर्छ । हामीले स्क्रिन सफा गर्दा जस्तो पायो त्यस्तै कपडा र सामग्रीले सफा गर्छाैँ, यसो गर्नु हुन्न । सकेसम्म नरम कपडाले स्क्रिन सफा गर्नुपर्छ ।

२  हामी जति वेला पनि वाइफाई खोलेर राख्छौँ । कामका वेला मात्रै वाइफाई खोल्नुपर्छ । जति वेला पनि खोल्दा भाइरस छिर्नेलगायत समस्या उत्पन्न हुन सक्छन् ।

३   ब्याट्रीलाई सधैँ फुल चार्ज गरेर मात्रै चलाउनुपर्छ ।

४ युएसबी चार्जिङ पोर्ट सधैँ सफा गर्नुपर्छ । हामी कोही पनि यस विषयमा ख्याल गर्दैनौँ । मोबाइलभित्र अत्यधिक फोहोर हुने पहिलो कारण भनेकै यही हो ।

५  मोबाइलमा भएका टेम्पोररी (क्यास) क्लियर गर्नुपर्छ । नत्र, मेमोरी फुल हुँदै जान्छ र ह्याङ हुने तथा बिग्रने समस्या बढ्दै जान्छ ।

६  स्क्रिनको सुरक्षाका लागि स्क्रिन कार्ड लगाउनुपर्छ । यसले मोबाइलको स्क्रिनलाई फुट्नबाट बचाउँछ ।

७  मोबाइलको चार्जिङ भोल्टेज डिसी फाइभ भोल्टेजको प्रयोग गर्नुपर्छ । यो चार्जरमा लेखेको हुन्छ । तर, कसैले पनि यो कुराको ख्याल गरेको पाइँदैन । त्यसले गर्दा मोबाइलमा आवश्यकभन्दा बढी चार्ज छिर्न सक्छ र मोबाइल बिग्रन सक्छ ।

८  फुलेको ब्याट्री कहिल्यै प्रयोग गर्नु हुँदैन । फुलेको ब्याट्री प्रयोग गर्दा मोबाइल पड्कन सक्छ ।

९  मोबाइल कभर लगाउनुपर्छ । यसले मोबाइल हातबाट झ-यो भने सुरक्षित हुन्छ ।

१० मोबाइललाई तरल पदार्थबाट टाढै राख्नुपर्छ । यो इलेक्ट्रोनिकको भाइरस हो । मोबाइलमा तरल पदार्थ छिर्नु भनेकै मोबाइल बिग्रनु हो ।

तपाईको प्रतिक्रिया