Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – प्रतिनिधिसभाको पहिलो अधिवेशन अन्त्य भएको छ । फागुन २१ गते सुरु भएको अधिवेशन ११ वटा बैठक बसेर १५ घण्टा ३० मिनेट चलेर आज अन्त्य भएको हो । यो अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुभयो । यो अवधी सभामुख, उपसभामुख निर्वाचित गरेको छ । पहिलो अधिवेशनले तीनवटा अध्यादेश स्वीकृत गरेको छ ।

चिकित्सा शिक्षा अध्यादेश बहुमतले पारित
प्रतिनिधिसभाको आजको बैठकले चिकित्सा शिक्षा अध्यादेश पारित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पेश गरेको ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७४’ बहुमतले पारित भएको हो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेको फरक मत भने अस्वीकृत भएको छ । यस अध्यादेशमा रहेका कमीकमजोरी प्रतिस्थापन विधेयकमार्फत पारित गर्ने गरी अध्यादेश पास भएको हो ।

आजै बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिस्थापन विधेयक ल्याउने निर्णयसमेत गरिसकेको छ । यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन र रास्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश पनि पारित भएका छन् ।

तपाईको प्रतिक्रिया