काठमाडौं – सुनको भाउ मंगलबार तोलामा ३ सय रुपैयाँ बढेको छ । सुन आज तोलाको ५८ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा ३ सय रुपैयाँ बढेको हो । चाँदीको भाउ भने मंगलबार घटबढ भएन । चाँदी आज पनि तोलाको ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।