Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – गर्भावस्थाका वेला महिलाको शरीरमा कैयौँ परिवर्तन आउँछन् । बच्चा जन्माएपछि आमाको पाचन प्रक्रियामा समेत प्रभाव पर्न जान्छ । महिलाले गर्भावस्थादेखि डेलिभरीको समयसम्म विभिन्न समस्याको सिकार बन्नुपर्ने हुन्छ । प्रेग्नेन्सी र डेलिभरीपछि प्रायः महिला मोटाउने गर्छन् । त्यसैले डेलिभरीपछि तौल कम गर्न निकै गाह्रो हुन सक्छ । उसो त आमाले बच्चाको स्याहारसँगै व्यायामका लागि समय दिन पनि सकिरहेका हुँदैनन् । त्यसैले आफ्नो तौल मेन्टेन गर्न यस्ता गतिविधि गर्दा लाभदायक हुन्छ :

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

डेली प्लान
डेलिभरीपछि महिलाको जिम्मेवारी बढ्दै जान्छ । बच्चाको स्याहारसँगै घरको काम पनि गर्नुपर्ने भएकाले फुर्सद निकाल्न धौधौ पर्न सक्छ । त्यसैले आमाले आफ्नो लागि डेली रुटिन बनाउन जरुरी हुन्छ । बिहान उठेपछि बेलुकी नसुत्दासम्मको एक्टिभिटीलाई डेली रुटिनमा राखेर काम गर्दा आमालाई सहज हुन्छ । यस्तो रुटिन बनाउँदा डाइट र एक्सरसाइजका लागि पनि विशेष समय छुट्याउन आवश्यक हुन्छ ।
ब्रिस्क वाकिङ
प्रेग्नेन्सी र डेलिभरीपछि हेभी एक्सरसाइज गर्नु हुँदैन । त्यसैले वाकबाट एक्सरसाइजको सुरुवात गर्नुपर्छ । यस्तो एक्सरसाइज एकदेखि तीन हप्तासम्म गर्न सक्नुहुन्छ । छिटो हिँड्नु स्वास्थ्यका लागि निकै ठूलो एक्सरसाइज हो । यसो गर्दा सुरक्षित हुनुका साथै थाकेको मसल्सलाई वार्मअप गर्न सहयोग पुर्याउँछ। यस्तो वेला तपाईं त्यति बलियो हुनुहुन्न, ताकि दौडन सक्नुहोस् । जसकारण ब्रिस्क वाकिङ गर्दा राम्रो हुन्छ ।

क्यालोरीमा ध्यान
प्रायः महिलाले गर्भावस्थाका क्रममा दुई गुणाभन्दा बढी खाने गर्छन् । मानिसलाई लाग्छ कि प्रेग्नेन्सीका वेला दुईजनाका लागि खानुपर्छ । जुन गलत हो । यत्ति हो कि यस्तो वेला शरीरलाई अलि बढी क्यालोरीको आवश्यकता हुन्छ । बे्रस्ट फिडिङ गराउनका लागि पौस्टिक आहारको जरुरी हुन्छ । त्यसैले सन्तुलित डाइटका माध्यमले पनि तपाईंले आफ्नो तौल कम गर्न सक्नुहुन्छ । यस्तो समय जे खानुस् तर स्वस्थ खानुस् । र, जंकफुडबाट टाढै रहनुस् । मोनो र पोलिसेचुरेटेड फ्याट शरीरका लागि निकै राम्रो हुन्छ । एभोकाडो, कनोला आयल, ओलिभ आयल, साल्मन आदि फ्याटको प्रयोग गर्न सकिन्छ ।

स्तनपान गराउनुस्
स्तनपान नवजात शिशुका लागि सबैभन्दा प्रभावकारी पौष्टिक आहार हो । त्यति मात्र होइन, स्तनपानले आमाको स्वास्थ्यलाई पनि निकै फाइदा पु¥याइरहेको हुन्छ । प्रेग्नेन्सीका क्रममा र डेलिभरीपछि महिलामा फ्याट र कोलेस्ट्रोलको मात्रा बढ्दै जान्छ । त्यसैले नियमित स्तनपान गराउँदा शरीरको मेटाबोलिजम पहिलेकै अवस्थामा आउन सहयोग मिल्छ र फ्याटको मात्रा पनि कम हुँदै जान्छ ।

तातो पानी
डेलिभरी भएका महिलाले आफ्नो डेली रुटिनमा तातो पानी पिउने समय पनि राख्न जरुरी हुन्छ । तातो पानी पिउँदा शरीरका विषाक्त पदार्थ बाहिर निस्कन्छ । यसले हाम्रो शरीरको तापक्रम र मेटाबोलिज्मको मात्रालाई पनि बढाउने काम गर्छ । जसका कारण बढीभन्दा बढी क्यालोरी जलेर जाने गर्छ । त्यसैले सधैँ सादा नभई तातो पानी पिउन जरुरी हुन्छ ।

योग गर्नुस्
प्राणायामजस्ता योगासनले छोटो समयमा तौल कम गर्न सहयोग पु¥याउँछ । त्यसैले योग कक्षामा सहभागी हुनुस् र सामान्य योगबाट सुरु गर्नुस् । जसले तपाईंको शारीरिक मात्र नभएर मानसिक स्वास्थ्यका लागि पनि निकै फाइदा गर्छ । सेतु आसनजस्ता योगले छोटो समयमा फ्याट कम हुन्छ । स्पट जगिङजो बच्चालाई छाडेर बाहिर जान सक्दैनन्, उनीहरूले घरमा एकै ठाउँमा बसेर पनि एक्सरसाइज गर्न सक्छन् । त्यसका लागि जगिङको सहारा लिन सकिन्छ । तपाईं एकै ठाउँबाट उभिएर दौडने पोजिसनमा रहेर स्पट रनिङ गर्न सक्नुहुन्छ ।

स्विमिङ
डेलिभरीपछि स्विमिङ पुलमा तैरिँदा तपाईंलाई निकै आनन्द लाग्न सक्छ । यसले तपाईंको तौल घटाउन पनि सहयोग पु¥याउँछ । यसो गर्दा मंसपेशीमा निकै प्रभाव पार्छ र तौल कम गर्न सहयोग पुग्छ । तर, सिजेरियन डेलिभरी गरेका महिलाले भने स्विमिङ गर्नुअघि डाक्टरको सल्लाह लिन जरुरी हुन्छ ।

तपाईको प्रतिक्रिया