Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – काठमाडौं महानगरपालिकाले दुई महिनाभित्रमा काठमाडौंका सम्पदा क्षेत्रमा वाईफाईको व्यवस्था गर्ने भएको छ । सम्पदा क्षेत्रमा आउने आगन्तुकले दुई महिनापछि निशुल्क वाईफाई सेवा लिन सक्ने छन् । आज काठमाडौं महानगरपालिका र वर्ल्ड लिङ्कबीच यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सम्झौता पत्रमा महानगरकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्मा र वर्ल्ड लिङ्ककातर्फबाट निर्देशक विजयकुमार जलानले हस्ताक्षर गर्नुभएको छ । उक्त अवसरमा महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, सूचना प्रविधि समितिका संयोजक ईश्वरमान डंगोललगायत सहभागी हुनुहुन्थ्यो । सम्झौताबमोजिम महानगरका सम्पदा क्षेत्रहरु बसन्तपुर, बौद्ध, स्वयम्भू, शंखपार्क, बलाजु बाइसधारा, र पशुपति क्षेत्रमा आउँदो ६० दिनभित्र वर्ल्ड लिङ्कले सेवा जडान भइसक्ने छ ।

यदि यसो हुन नसकेको अवस्थामा महानगरको अनुमति लिएर थप १ महिना समय थप गरेर वाईफाई जडान हुनेछ । त्यस अवधिमा पनि जडान हुन नसके सम्झौता स्वत रद्द हुनेछ । वाईफाई जडान सम्बन्धी गरिएको अध्ययन अनुसार एक पटकमा वाईफाईका प्रयोगकर्ताको न्युनतम संख्यालाई आधार मानेर हरेक स्थानमा १० एमविपिएस व्याण्डविथ क्षमताको सेवा जडान हुनेछ । जसमा पशुपति क्षेत्रमा एक्सेस प्वाइन्ट ११ वटा हुनेछन् भने बौद्धमा ४ वटा, शंखपार्कमा २ वटा, वालाजु वाइसधारा उद्यामा ७ वटा, स्वयम्भूमा ५ वटा र वसन्तपुरमा ९ वटा हुनेछन् ।

प्रयोगकर्ताको दृष्टिले पशुपति क्षेत्रमा एक पटकमा २०० देखि ७०० जनासम्मले वाईफाई प्रयोग गर्ने अध्ययनले देखाएको छ भने बौद्धमा २५० जनादेखि ५०० जना, शंख पार्कमा ५० देखि २०० जना, बालाजुमा २०० देखि ७०० जना, स्वयम्भूमा २०० देखि ३०० जना, वसन्तपुरमा २०० देखि ३०० जनासम्मले सेवा लिनेछन् । सेवामा सबैको पहुँच पुगोस् भन्ने दृष्टिले एक पटक वाईफाई चलाउनेले ३० मिनेट सेवा लिइसकेपछि सिस्टमले उसलाई त्यसदिन कनेक्सन हुनबाट रोक्नेछ । तर, अर्को एक्सेस प्वाइन्टबाट सेवा लिन सक्नेछ ।

यसको प्रभावकारिता हेर्न महानगरको सूचना प्रविधि महाशाखा प्रमुखको संयोजकत्वमा सार्वजनिक निजी साझेदारि एकाईबाट एकजना र सम्बन्धित पक्षका प्रतिनिधि १ जना रहने गरी अनुगमन समिति हुने व्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया