Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – गर्मी मौसममा मच्छडको बिगबिगी हुन्छ । विशेषगरी, तराई क्षेत्र र गर्मी ठाउँमा मच्छडको टोकाइबाट बच्न हम्मेहम्मे पर्छ । मच्छडको टोकाइले एलर्जी त बनाउँछ नै, कैयौँ रोगसमेत लाग्न सक्छ । धेरैले मच्छडको टोकाइबाट बच्न मच्छड धूप प्रयोग गर्छन् । जुन स्वास्थ्यका लागि निकै हानिकारक छ । मच्छडको टोकाइबाट बच्न केही घरेलु उपायको सहारा लिन सकिन्छ :

मच्छड धूपमा भएको रेपेलेन्टले मानिसको स्वास्थ्यमा हानि गर्छ । दैनिक सात घन्टाभन्दा लामो समय यस्तो धूपमा बस्दा श्वासप्रश्वासका माध्यमबाट फोक्सोलाई गम्भीर असर पार्न थाल्छ । त्यसैले यसको विकल्पमा घरेलु उपाय अपनाउनुस् ।

मच्छडको टोकाइबाट बच्न सस्र्यूं या नीमको तेल बाल्न सकिन्छ ।

कोठामा कपुर जलाएर पनि मच्छड भगाउन सकिन्छ ।

त्यस्तै, लेमन ग्रासको पात जलाएर पनि मच्छड भगाउन सकिन्छ ।

मच्छडबाट बच्न दराज वा झ्यालमा गाढा रङको प्रयोग गर्नुहुँदैन ।

एड्जस्ट फ्यान चलाएर सुत्न सकिन्छ ।

मच्छडदानी तथा झ्यालमा जाली प्रयोग गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया