शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं – नेपाल चलचित्र कलाकार संघको आयोजना तथा नेपाल विज्ञापन संघको सहकार्यमा आज फान अवार्ड हुदैछ ।  काठमाडौंको आर्मी अफिसर कल्वमा हुने कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका विभिन्न विधाका उत्कृष्ट कलाकारलाई सम्मान गरिने कार्यक्रम रहेको छ ।

यो वर्ष पनि २४ वटा विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । यो बर्ष कलाकार संघले उत्कृष्ट नायक, नायिका, चलचित्र, निर्देशक, कथा, पटकथा, संवाद, नृत्य निर्देशक, गीतकार, गायक, गायिका, संगीतकार, नव (नायक, नव–नायिका, छायांकार, नव–निर्देशक, चरित्र अभिनेता, चरित्र अभिनेत्री, खलनायक, हाँस्य कलाकार, सहअभिनेता, सहअभिनेत्री लगायतका विधामा अवार्ड प्रदान गर्नेछ ।

यो वर्ष लाइभ टाईम्स अचिभमेन्ट अवार्ड वरिष्ठ कलाकार नीर शाहलाई प्रदान गरिने भएको छ । दिउँसो २ बजे सुरुहुने कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ । अवार्डको बजार व्यवस्थापन कि एड्भरटाइजिङले गरेको छ । इभेन्ट व्यवस्थापन कि इन्टरटेन्मेन्टको संयोजनमा रहेको छ । अवार्ड कार्यक्रमको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

तपाईको प्रतिक्रिया