Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं –  हरेक महिनाको १ र १५ गतेलाई श्रम दिनका रुपमा मनाउने मन्त्रिपरिषद्को निर्णयअनुसार कर्णाली प्रदेश सरकारले आज बुलबुले ताल तथा उद्यानको सरसफाइ गरेको छ । मानसरोवरको मूलद्वारका रुपमा चिनिने बुलबुले ताल मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकारले सरसफाइ गरेर श्रम दिन मनाएको छ ।

सरसफाइमा बुलबुले ताल तथा उद्यान क्षेत्रमा भएको मानव निर्मित फोहरको व्यवस्थापन गरिएको छ । सरसफाइ कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘समाजमा भएको फोहरसँगै हाम्रो दिमागी फोहर पनि हटाउन आवश्यक छ र बसेर खानेलाई घृणाका पात्र बनाउनु पर्छ ।’ विदेशी नभई अब स्वदेशको श्रममा रमाउन सिक्नुपर्ने संस्कृतिको विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले बुलबुलेलाई स्वर्ग पुगेको अनुभूति गराउने र काक्रेविहारलाई इतिहासको झल्को दिने क्षेत्रका रुपमा विकास गर्ने बताउनुभयो ।

खासगरी नेपालको पर्यटनको गन्तव्य कर्णाली प्रदेशलाई बनाउने प्रमुख लक्ष्यका साथ ‘रारा पर्यटन वर्ष २०७५’ मनाउन थालिएको र वैशाख १ गतेका दिन त्यसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने उहाँले जनाउनुभयो । वन तथा पर्यटनमन्त्री नन्दसिंह बूढाले प्रदेश सरकार कर्णाली प्रदेशको जैविक विविधता संरक्षण र पर्यटन प्रवद्र्धनका लागि पर्यटन नीति तथा कार्यक्रम ल्याउने तयारीमा रहेको बताउनुभयो ।
यता उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइरालाले ३१ बिगाहा क्षेत्रफलमा फैलिएको बुलबुले ताल र उद्यान क्षेत्र पर्यटकीय ताल मात्र नभई सांस्कृतिक ताल भएको बताउनुभयो ।

भवन आवास कार्यालयको सहयोगमा रु पाँच करोडमा ताल निर्माण भइरहेको छ । सरसफाइ कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, सामाजिक विकासमन्त्री दलबहादुर रावल र यातायात तथा भौतिक पूर्वाधारमन्त्री खड्गबहादुर खत्री, प्रमुख सचिव सुरेश प्रधानलगायत प्रहरी प्रमुख, उच्च सरकारी अधिकारी तथा सञ्चारकर्मी पत्रकारको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया